• २९ असोज २०८२, बुधबार

पोखरामा भाइटीकाका दिन महोत्सव हुने

blog

फाइल तस्बिर ।

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २९ गते । संस्कृतिलाई पर्यटनसँग जोड्दै विभिन्न गतिविधि हुने पोखरामा यसपालिको तिहारको भाइटीकाका दिन महोत्सव हुने भएको छ । होटल संघ पोखरा नेपालले आगामी कात्तिक ६ गते १८ औं भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको हो ।

संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। जेनजी आन्दोलपपछि पर्यटन क्षेत्र समेत प्रभावित भएकोमा महोत्सवले थोरै भए पनि लयमा आउन सघाउने उहाँको विश्वास छ ।

भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक नेपाली परम्पराअनुसार भाइटीका लगाउने गरेका छन् । गत वर्षको भाइटीका माहोत्सवमा १२ देशका ५६ पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका थिए ।

कतिपय पर्यटक दोहो¥याएर टीका लगाउन आउने गरेको महोत्सवका संयोजक एवं सङ्घका उपाध्यक्ष गणेशराज पहारी बताउनुहुन्छ । “तिहारको सांस्कृतिक पक्ष संरक्षण गर्दै यसैका माध्यमबाट पर्यटक आकर्षित गर्ने अभिप्राय हो,” उहाँले भन्नुभयो । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले समेत सघाउने भएका छन् ।