शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असोज २९ गते । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठका अनुसार रावललाई प्रेस संयोजकको जिम्मेवारी तोकिएको हो ।
पत्रकार रावल लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेर कार्य गर्नुभएका अनुभवी पत्रकार हुनुहुन्छ । नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका पत्रकार रावल कानुनमा स्नातक हुनुहुन्छ । बाजुराको मार्तडी स्थायी निवासी पत्रकार रावल दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
उहाँले कान्तिपुर टेलिभिजन, ग्यालेक्सी टेलिभिजन, नेपाल म्याग्जिन र नेपाल खबरको सम्पादक भएर कार्य गरिसक्नुभएको छ ।