सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
पहाडी जनजीवनको परिचायक हो भन्ज्याङ । नेपाल जस्तो भूपरिवेष्टित मुलुकमा भन्ज्याङ बहुश्रुत तथा बहुउच्चारित शब्द मानिन्छ । पहाड–पर्वत, डाँडाकाँडा र थुम्काथुम्कीले भरिएको हाम्रो मुलुकमा भन्ज्याङ भौगोलिक वास्तविकता हो ।
काठमाडौँ, जेठ १३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता बलियो बनाउन प्रदेशमा प्रहरी तथा कर्मचारी समायोजनको कार्य शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।जनकपुरधाममा आयोजित “सङ्घीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम”मा बोल्दै मुख्यमन्त्री सिंहले सङ्घीय संसद्को राष्ट्रिय सभामा मधेस प्रदेशबाट निर्वाचित सदस्यहरूद्वारा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री सिंहले कर्मचारीहरूको आवश्यक सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन नसकेको बताउनु भयो । समायोजन भएका कर्मचारीमध्ये ११ औँ तहका अधिकृतलाई सचिवमा पदोन्नति गर्ने र पालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरूको खटाइ प्रदेश सरकारको मातहतमा हुनुपर्ने बताउनु भयो । उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा खटाइने सबै सचिवलाई एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाउनुभएको उदाहरण दिँदै मधेसका पालिकामा खटाइने प्रशासकीय अधिकृतहरू पनि मुख्यमन्त्री कार्यालयमार्फत पठाइनु विकास र सङ्घीयता सुदृढीकरणका लागि आवश्यक रहेको बताउनु भयो । मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा रासायनिक मल तथा बीउबिजनको आवश्यकता बढी भए पनि मलको कोटा न्यून रहेको उल्लेख गर्दै प्रदेशलाई बजेट जनसङ्ख्याको आधारमा वितरण गर्नुपर्ने माग गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको न्यूनतम सेवा मापदण्ड कार्यव्रmमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल प्रथम भएको छ ।
नवलपुरको अम्रसा जङ्गलमा बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
सन्तोष राउतसोलुखुम्बु, जेठ १३ गते । आराेही गाइड कामीरिता शेर्पाले यस अघि आफैले राखेको कीर्तिमान ताड्दै मङ्गलवार बिहान ४ बजे सगरमाथा आरोहण ३१ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।गएको वर्ष शेर्पाले २९ औँ र ३० औँ पटक आरोहण गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने विश्व कीर्तिमानी आरोही बन्नुभएको हो । उक्त आफ्नै रेकर्ड तोडेर शेर्पाले नयाँ रेकर्ड बनाउनु भएको छ । आरोही शेर्पा गाइडको भूमिकामा उहाँले सगरमाथा आरोहण गर्दै आउनु भएको छ । सोलुखुम्बुको सगरमाथा आधारशिविर नजिकैको गाउँ थामेमा जन्मिनु भएका शेर्पाको मुख्य पेशा पनि पर्वतारोहण नै हो ।सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहण गर्नुभएको नेपाल पर्यटन विभागले जनाएको छ ।
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भने नाराको साथ जेठ १५ गतेसम्म भर्ना अभियान जारी छ । भर्ना
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोरमारास्थित गिरुबारी खोलाको भाँचिएको पुल तत्कालका लागि टेको लगाएर सञ्चालन गरिने भएको छ । नयाँ पुल बनाउन लामो समय लाग्ने भएपछि तत्कालका लागि टेको लगाएर यातायात सञ्चालनको तयारी गरिएको हो ।
तनहुँको व्यास नगरपालिका अन्तर्गत बुल्दीखोलामा निर्माणाधीन पक्की पुल गुणस्तरहीन भएपछि भत्काइएको छ ।
पाँच धर्मका धर्मगुरु एकै स्थानमा बसेर धर्मभित्र विभेदका विषयमा छलफल र बहस गर्ने अवधारणाका साथ मोरङको लेटाङ नगरपालिकामा अन्तरधार्मिक शान्तिपार्क निर्माण भइरहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
निर्माण सम्पन्न भएको दुई वर्ष हुन लाग्दा पनि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानमा बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको बसपार्क सञ्चालनमा आउन सकेको छैन ।
गुल्मीदरबार गाउँपालिका–४ को विरबास स्वास्थ्य चौकी २०७८ पुस ११ गते निर्माण सम्झौता भएको थियो ।
राप्ती राजमार्गको दाङ–सल्यान खण्ड यस क्षेत्रको महत्वपूर्ण जीवनरेखा हो तर यो सडकखण्ड समयमै मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा यात्रु तथा स्थानीयलाई सास्ती भइरहेको छ ।