प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सत्सङ्ग नेपालले १० लाख सहयोग उपलब्ध गराएको छ।
नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्।
नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ। नेपाल सुपर सिक्सको दुई खेल अगावै विश्वकपमा छनाेट भएको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष जीरबहादुर खड्काले महासचिव किरण राईलाई तीन दिनभित्र जवाफ पेश गर्न स्पष्टीकरण माग्नुभएको छ ।
मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता जितेन्द्रप्रसाद सोनार प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
पाँचथरको नाङ्गीनदेखि फिदिमतर्फ आउँदै गरेको प्रदेश–२–००२ च. ७९५८ नम्बरको डबल क्याप फिदिम फालौट सडक अन्तर्गत फिदिम ११ फेमे खोलामा दुर्घटना भएको हो ।
लन्डनको युनिभर्सिटी अफ ग्रिनिचमा ‘नेपाल एजुकेसन अवार्ड्स युके २०२५’ सम्पन्न भएको छ।
सडक डिभिजन कार्यालय, लहान सिराहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससहित चार जनाविरुद्ध दुई करोड ३४ लाख ९ हजार ९४५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार भइरहेको तेल ट्याङ्करमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएको जनाइएको छ ।
बङ्गलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गर्नुभएको छ।
रूपन्देही जिल्लामा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्लाको प्रतिकुल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अस्ट्रेलियाली राजदूत लिअन जोनस्टनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
बङ्गलादेशमा कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा मेन्स नेसन्स कप २०२५ को खेल तालिका सार्वजनिक भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलपछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ ।