• २९ असोज २०८२, बुधबार

काभा नेसन्स कप : उद्घाटन खेलमा नेपालको प्रतिद्वन्द्वी तुर्कमेनिस्तान

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोन २९ गते । बङ्गलादेशमा कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा मेन्स नेसन्स कप २०२५ को खेल तालिका सार्वजनिक भएको छ ।

सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले उद्घाटन खेलमा र्कमेनिस्तानसँग खेल्ने छ ।

नेपालले दोस्रो खेल कात्तिक ७ गते बङ्गलादेश र तेस्रो खेल ८ गते माल्दिभ्ससँग, १० गते अफगानिस्तान र ११ गते श्रीलङ्कासँग खेल्ने छ ।

प्रतियोगिताका लागि नेपाल भलिबल सङ्घले यसअघि नै १४ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । काभाको स्वीकृतिमा बङ्गलादेश भलिबल फेडरेसनले च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।