शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधा लुइटेल
फिदिम, असोज २९ गते । पाँचथरमा पिकअप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । पाँचथरको नांगीनदेखि फिदिमतर्फ आउँदै गरेको प्रदेश–२–००२ च. ७९५८ नम्बरको डबल क्याप फिदिम फालौट सडक अन्तर्गत फिदिम ११ फेमे खोलामा दुर्घटना भएको हो ।
बुधबार दिउँसो भएको दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो।
उहाँका अनुसार दुर्घटनामा फिदिम नगरपालिका ११ का ६१ वर्षीय सुकवीर विश्वकर्मा र उहाँका २१ वर्षीय छोरा लक्ष्मी विश्वकर्मा, ६४ वर्षीया कुमारी नेम्वाङ र ३४ वर्षीया कमला नेम्वाङ घाइते हुनुभएको छ।
घाइते चारै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेकोे छ ।