• २९ असोज २०८२, बुधबार

प्रधानमन्त्रीसँग अस्ट्रेलियाली राजदूतको भेट

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अस्ट्रेलियाली राजदूत लिअन जोनस्टन शिष्टाचार भेट गर्दै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असोज २९ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अस्ट्रेलियाली राजदूत लिअन जोनस्टनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।

भेटवार्ताका क्रममा दुई देशबिचको आपसी हितका विषयमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

विशेषगरी व्यापार, आर्थिक सहकार्य र जनस्तरमा हुने आदान–प्रदानलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबिच विचार–विनिमय भएको थियो।

प्रधानमन्त्री कार्कीले नेपाल र अस्ट्रेलियाबिचको मित्रतापूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन नेपालको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो भने राजदूत जोनस्टनले आपसी सहकार्यका क्षेत्रमा अस्ट्रेलियाको निरन्तर सहयोग रहने बताउनुभयो।