विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपियाँ ६३ पैसा र बिक्रीदर १४१ रूपियाँ २३ पैसा कायम भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आदेश दिए नेतृत्व छाड्न तयार रहेको बताउनुभएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारबाट सुरु भएको एमालेको दसौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालले भन्दैमा भने नेतृत्व नछाड्ने बताउनुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधबार दिउँसो प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाउनु भएको हो ।
भन्सारसम्बन्धी कसुर र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश गरेको हो ।
प्रतिनिधि सभा पुनर्स्थापना माग लिएर सर्वोच्च अदालत जाने वा नजाने विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक परामर्श सुरु गर्नुभएको छ । सभामुख घिमिरले बुधबार विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतकसँग छलफलसमेत गर्नुभयो । छलफलमा नेकपा (एमाले) बाहेक अन्य दलका प्रतिनिधिले परिस्थिति हेरेर मात्र निर्णय लिन सुझाएका छन् ।
प्रतिनिधि सभा विघटन र सरकार गठनका विषयमा सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन् । मङ्गलबार पेस भएका १० वटा रिट निवेदन अध्ययनपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो । दर्ता रिटको प्रारम्भिक सुनुवाइ कात्तिक १२ गते संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पेस भएका दस वटै रिट दर्ता भएको बताउनुभयो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार अन्त्य, सुशासन कायम हुनुपर्नेलगायत नवयुवा (जेनजी) क्रान्तिले माग गरेको परिवर्तनको आवाजलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक छनोट हुन सफल भएको ऐतिहासिक उपलब्धिमा हर्ष व्यक्त गर्दै टोलीका सबै खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक बधाई दिनु भएको छ।
पाकिस्तान र पाकिस्तानबिच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन्।
दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको जानकारी दिनुभयो।
नेपालको एएफसी महिला यु–१७ एसियन कपको पहिलो खेलमा तुर्कमेनिस्तानसँग बराबरी खेलेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदीबन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिनुभएको छ।
प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाइ योङबिच सिंहदरबारमा शिष्टाचार भेट भएको छ ।