• २९ असोज २०८२, बुधबार

प्रधानमन्त्री कार्की र दक्षिण कोरिेयाका राजदूत योङबिच शिष्टाचार भेट

blog

प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि दक्षिण कोरियाका राजदूतबिच भएको शिष्टाचार भेट । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २९ गते । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाइ योङबिच सिंहदरबारमा शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार दुई पक्षीय भेटवार्ता भएको हो । 

भेटमा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । भेटमा दुई पक्षका अधिकारीहरुको सहभागिता थियो ।