लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा सुरु भएपछि प्रसूतिका लागि आउने गर्भवतीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले १० महिनाअघिदेखि प्रसूति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको हो । यसबाट सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुँदै आएको हो ।
बाजुराका भूकम्प तथा बाढीपहिरोपीडित यति बेला फेरि त्रसित बन्दै गएका छन् । विगत दुई वर्षदेखि पटक–पटक जाने गरेको भूकम्पका कारण घर चर्किएर त्रसित बन्दै गरेका यहाँका स्थानीय बुधबार राति गएको भूकम्पले घर हल्लिएपछि उनीहरु फेरि त्रसित बनेका हुन् ।
नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्ने सुन्दर फुतफुते झरना ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
बाजुराका नयाँ पुस्ताका महिलाहरुले यती बेला धमाधम छाउगोठ त्याग्न थालेका छन् । पुराना पुस्ताका महिलाहरु महिनावारी भएको बेलामा घरदेखि टाढा निर्माण गरेको छाउगोठमा सुत्ने गरेकाले नयाँ पुस्ताका महिलाहरुले पनि उनीहरुकै सिको गर्दा छाउगोठमा बस्नु पर्ने बाध्य हुँदै आएका थिए ।
अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजना गरेको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उपल्लाचौरस्थित दावगरा बसपार्कमा हुने खेलको औपचारिक उद्घाटन बिहीबार हुने भएपनि खेल भने बुधबारदेखिनै सुरु भएको हो ।
जेनजी समूहको आन्दोलनका व्रmममा बागमती प्रदेशमा क्षति पुगेका आधा दर्जन मन्त्रालयले अन्य कार्यालयसँग शरण लिएर सेवा प्रारम्भ गरेका छन् । मन्त्रालयका महìवपूर्ण कागजात र संरचना जलेर बस्न नमिल्ने अवस्था आएपछि ती मन्त्रालयले अन्य मन्त्रालयका भवन तथा मातहतका निर्देशनालयका भवनबाट सेवा प्रवाह सुचारु गरेका हुन् ।
लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१ केउरेनीमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन् ।
यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ ।