• ३० असोज २०८२, बिहिबार

आहा फुतफुते झरना !

blog

मौरिस हर्जोग पदमार्गमा पर्ने सुन्दर फुतफुते झरना । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, असोज ३० गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्ने सुन्दर फुतफुते झरना ।

करिब तीनहजार मिटरको उचाईमा रहेको यो झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । आधार शिविरमा रहेको पञ्चकुण्ड तालबाट बगेर आएको मिस्त्री खोलाको पानीबाट फुतफुते झरना बनेको हो ।


मौरिस हर्जोग पदमार्गका पदयात्रीहरु झरनामा पुगेर फोटो, भिडियो बनाउँदै रमाइलो गर्दछन् । झरना नजिक पर्यटकको सुविधाका लागि चिया तथा कफी पसलहरु सञ्चालन गरिएको छ ।