जुम्लाको गुठीचौर गाउँपालिका–१ मा अवस्थित आकासे ताल आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्वच्छ हावा, सुन्दर प्राकृतिक दृश्य र वरपरका सेताम्मे हिमालले घेरिएको यो तालमा आन्तरिक पर्यटकको आगमन क्रमशः बढ्दै गएको छ ।
जिल्लाका द्वन्द्वपीडितले अझैसम्म पनि आफूहरूले न्याय पाउन नसकेको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले दैलेखमा सशस्त्र द्वन्द्वको समयका पीडितहरूसँग गरेको सामुदायिक छलफलमा उनीहरूले सो गुनासो गरेका हुन् ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज) का पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित हुनुभएको छ ।
सिरहा नरहा गाउँपालिका बढडा नम्बर –४ का तत्मा (दास ) दलित समुदाय सनपाट (पटुवा) को डोरी बाह्रै महिना बेचेर गुजारा गर्थे ।
दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाका ग्रामीण वस्तीमा मौसमी फ्लुका बिरामी बढेपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गर्न सुरु गरेका छन् ।
केही महिला, बालबालिका र पुरुषको बिहानैदेखि हुलाकी राजमार्ग किनारमा जमघट थियो । दुध राखिएको भाँडा साथमा लिएका उनीहरू कसैको पर्खाइमा थिए । टिरिङ टिरिङ साइकलको घन्टी बजाउँदै जब एक वयस्क व्यक्ति उनीहरू कहाँ पुगे ।
कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको सदस्य मनोनयन गरिएको छ । विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा बसेको सभाको पहिलो बैठकले सात जना विज्ञलाई सभाको सदस्य मनोनयन गरेको हो ।
कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिनुभयो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडक अभावका कारण यस वर्ष पनि किसानका स्याउ खेर जान थालेका छन् । हिमाली हावापानीका कारण यहाँ उत्पादित स्याउको स्वाद र गुणस्तर उच्च भए पनि यातायात सुविधा नहुँदा किसानले बजारसम्म स्याउ पु¥याउन सकेका छैनन् ।
स्थानीय तहमा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरू किशोरकिशोरीमैत्री बन्नुपर्ने परिकल्पना अनुरूप बर्दिया जिल्लामा पनि यस्तो सेवा घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ ।
मोरङका विभिन्न स्थानमा परिचालित सादा पोसाकका प्रहरी (घुमुवा) को जिम्मेवारी खोसिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटमा लामो समयदेखि परिचालित घुमुवा प्रहरीको जिम्मेवारी खोसिएको हो ।
बुद्धसँग सम्बन्धित क्षेत्रको एकीकृत विकासका लागि ग्रेटर लुम्बिनीको अवधारणा अगाडि सारिएको छ । विश्व बैङ्कको सहयोगमा सहरी विकास मन्त्रालयबाट तयारीको चरणमा रहेको बृहत् लुम्बिनी क्षेत्र विकास आयोजना (ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्ट) ले पश्चिम नवलपरासीमा रहेका बुद्धसँग सम्बन्धित महत्वपूर्ण पुरातात्त्विक स्थलको विकासका लागि सरोकारवालासँग छलफल तथा परामर्श गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा सुरु भएपछि प्रसूतिका लागि आउने गर्भवतीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले १० महिनाअघिदेखि प्रसूति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको हो । यसबाट सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुँदै आएको हो ।
बाजुराका भूकम्प तथा बाढीपहिरोपीडित यति बेला फेरि त्रसित बन्दै गएका छन् । विगत दुई वर्षदेखि पटक–पटक जाने गरेको भूकम्पका कारण घर चर्किएर त्रसित बन्दै गरेका यहाँका स्थानीय बुधबार राति गएको भूकम्पले घर हल्लिएपछि उनीहरु फेरि त्रसित बनेका हुन् ।
नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहनुभएको छ ।