शासनको वैधता, सर्वस्वीकार्यता तथा स्थायित्व सार्वजनिक सेवाको प्रभावकारीमा निर्भर हुन्छ । झट्ट सुन्दा सार्वजनिक सेवाले सरकारी सेवालाई नै प्रतिनिधित्व गर्छ । यो दृष्टिकोणबाट राज्यद्वारा नागरिकका लागि प्रदान गरिने सम्पूर्ण सेवा सार्वजनिक सेवा हुन् । जसलाई सरकारी सेवा पनि भनिन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली विद्वत् नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँको विश्लेषणमा गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था हो । गणतन्त्रको रक्षा गर्नु र अझै सशक्त बनाउनुको विकल्प नरहेको उहाँको धारणा छ ।
शङ्कर केसी सल्यान, जेठ १४ गते । गएरातीको वर्षाका कारण झरेको पहिरोले राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । राप्ती राजमार्गको सल्यान–दाङ खण्ड अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा झरेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधवार बिहान करिब ४ः४० बजे सडक माथिबाट खसेको पहिरोले सडकका दुवै लेन पुर्ण रूपमा ढाकिएको छ ।पहिरो हटाउनका लागि एक्स्काभेटर सहायतामा काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । “सडक विभागको मेसिन आउन समय लाग्ने भएपछि राप्ती राजमार्ग स्तरबृद्धिका लागि प्रयोग भएको निर्माण व्यवसायीको जेसिबी ल्याएर पहिरो हटाउन सुरु गरिएको छ । सडक खुल्न दुई तीन घण्टा लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो ।सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन दुबैतर्फ रोकिएका छन् । साना सवारी साधनहरूलाई वैकल्पिक मोटर बाटो कपुरकोट लामिडाँडा तथा कपुरकोट पाखापानी सातबाट हुँदै आउजाउ गर्न सुझाइएको छ ।
विसं २०६२/६३ को निर्णायक र बलिदानीपूर्ण ऐतिहासिक जनआन्दोलनको विजयपछि २०६३ वैशाख १० गते राति तत्कालीन राजा ज्ञानेन्द्रबाट भएको सम्बोधनबाट ब्युँतिएको व्यवस्थापिका संसद्को २०६५ जेठ १५ गतेको ऐतिहासिक निर्णयबाट नेपालमा पहिलो पटक गणतन्त्र स्थापना भएको हो ।
प्रवीण कुमार शर्मा चन्द्रपुर (रौतहट), जेठ १४ गते । रौतहटको राजपुर नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क गरेको हो । कूल दुई सय ५३ किसानले प्रयोग गरेका कृषि महसुल बापतको ६ लाख ९२ हजार ८२२ रुपियाँ नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले मङ्गलवार विद्युत् प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख राम अयोध्या रायलाई चेक हस्तान्तरण गर्नुभयो । राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले २०८१ फाल्गुन महिना सम्मको बक्यौता कृषि विद्युत् महसुल तिरेको बताउनुभयो । राजपुरका किसानले विद्युत् ‘हुकिङ’ नगरुन् साथै भूमिगत सिचाइको माध्यमबाट कृषि उत्पादन बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख डाक्टर आलमले जानकारी दिनु भयो । नगर प्रमुख आलमले भन्नु भयो ,“ यसबाट किसानलाई प्रत्यक्ष लाभ पुगेको अनुभूति गरेका छौँ, आगामी दिनमा यो कार्यले निरन्तरता पाउने छ ।कृषि बिद्युत् महसुल नगरपालिकाले तिरी दिए पछि आगामी दिनमा नगरभित्रका बाँकी किसान पनि सिचाइका लागि कृषि मिटर प्रयोग गर्ने सम्भावना बढेर जाने नगरपालिकाले जनाएको छ । भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गर्ने गरेको बेलामा नगरपालिकाले विद्युत् महसुल तिरेर राहत दिएको राजपुर–१ का किसान राम एकबाल राय यादवले बताउनु भयो ।
अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ ।
ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिन र जिल्लाका रैथाने मनोरञ्जनका विधिको संरक्षण गर्न जिल्ला कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौँको रङ्गमञ्चमा पहिलो पटक दोलखे (नेपाल भाषा) मा नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा दोलखे भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो ।
केही दशकअघिसम्म विवाह, व्रतबन्ध र शुभकार्यमा गुञ्जने मसक बाजा पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ । आकर्षक कपडाले बेरिएको छाला र रबरको थैलामा हावा भरेर बाँसुरी जस्तै पिपिर जडान गरी बजाइने मसक बाजाका सिपालु मानिस भेटिन पनि मुस्किल हुन थालेको छ ।
आइपिओ निष्कासनको पाइप लाइनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अन्डरराइटिग (धितोपत्र प्रत्याभूति) का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ ।
चितवन, जेठ १४ गते । बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३।५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ । अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताउनुभयो । चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो । वर्षाले कालोपत्र तलको माटोको भागलाई बगाएर खोक्रो बनाएपछि सडक भासिएको हो । अठारदेखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने उहाँले बताउनुभयो । सोहीअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेस गरिएको छ । गत माघमा डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताका पेस गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसकेको उहाँले बताउनुभयो । भासिएको भाग मर्मत गर्न रु ३२ करोड लाग्ने अनुमान गरिएको छ । हाल सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामका काम गरिएको छ । यो सडक हुँदै राजधानी काठमाडौँ र पोखरातर्फ दैनिक १० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुन्छन् ।
रुपन्देही उद्योग सङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट उद्योगमैत्री ल्याउन लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेको छ ।
कर्णाली प्रदेशले आर्थिक परिसूचकमा उल्लेख्य सुधार गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय वृद्धिदरभन्दा बढी रहने प्रक्षेपण गरिएको छ ।
पछिल्लो समयमा आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि युरोप पठाउने भन्दै युवालाई ठगी गर्ने क्रम बढेको छ ।
अचेल सखरको चर्चा हुने गरेको छ । चिनीभन्दा धेरै हदमा सखर राम्रो भनिएपछि सखर खोज्ने मानिस बढेका छन् ।