गणतन्त्र दिवसको अवसर पारेर हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनी गरेको छ । नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाहरूबारे आउँदो पुस्तालाई जानकारी दिन पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यले टिकट प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रूपान्तरणका नायक बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको परम्परागत सामाजिक संरचना वडघर प्रणालीलाई कानुनी मान्यता दिनेगरी वडघर ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरू भएलगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनर्निर्माण गरेको छ ।
काठमाडौँ महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापको थप व्यवस्थित बनाउनका लागि क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम सुरुआत गरेको छ । उक्त सुख्खा फोहर विक्रीका लागि वार्षिक रु ६ करोड आठ लाख ७२ हजारमा ठेक्का लगाएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ ।
वासिङ्टनले युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध नयाँ प्रतिबन्धबारे विचार गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रुसी भ्लादिमिर पुटिनलाई ‘आगोसँग खेलिरहनुभएको’ चेतावनी दिनुभएको छ ।
कर्णाली प्रदेशमा राष्ट्रियस्तरको यु–१६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १०८३ पुगेको छ भने १२ जनाको मृत्यु भएको छ ।भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सबैभन्दा धेरै सङ्क्रमित अर्थात् ४३० केरला राज्यमा देखिएका छन् ।
पश्चिम नवलपरासीको बर्दघाटस्थित सहिद स्मृति सामुदायिक अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न आर्थिक सङ्कलन अभियान सुरु भएको छ ।
अन्नपूर्ण हिमालको काखमा फ्रान्सेली कलाकारहरूले प्रथम हिमाल आरोही मौरिस हर्जोगको सम्झनामा साङ्गीतिक प्रस्तुति गर्ने भएका छन् । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा फ्रान्सेली कलाकारहरुले आधार शिविरमा सांगीतिक प्रस्तुती गर्ने भएका हुन् ।
जिर्ण सडकका कारण आवतजावतमा समस्या भएको भन्दै यातायात मजदूरहरुले राजविराज बजार क्षेत्रका मुख्य चौकहरुमा चक्काजाम गरेका छन् ।
टोरन्टो घोषणापत्र जारी गर्दै ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ मंगलबार टोरन्टोमा सम्पन्न भएको छ।