सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।
रूपन्देहीको तिलोत्तमा ४ मा धान स्याहार्न व्यस्त किसान । वर्षदिन खाने अन्न स्याहार्न चाडपर्वमा स्थानीय खेतमै भेटिन्छन् ।
बङ्गलादेशका अभियोजन वकिलले बिहीबार मुलुकबाट पलायन हुनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय दिन अदालतमा माग पेश गरेका छन् ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले अधिकारको संरक्षण गर्दै समृद्धि र विकासतर्फ प्रदेशलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का प्रवक्ता अदनान अबु हसनाले केही दिन अघि युद्धविराम लागू भए पनि गाजा पट्टीका लागि छुट्याइएको कुनै पनि मानवीय आपूर्ति ल्याउन यूएनआरडब्लुए असमर्थ भएको बताउनु भएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको उद्धार अधिकारीले बिहीबार बताएका छन् ।
एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित विश्वव्यापी विरोध आन्दोलनको नयाँ लहर फैलिँदै गएको छ । सरकार विरुद्धको आक्रोश र सुधारको मागले विश्वका विभिन्न मुलुकमा युवा सडकमा उत्रिएका छन् ।
काठमाडौंबाट असोज २४ गते हराएको गाडी बुधबार साँझ पाँचथरको हिलिहाङमा दुर्घटनामा परेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सलाई नेबिकोले सहप्रायोजन गर्ने भएको छ ।
दक्षिण बागलुङको जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजारदेखि पर्वतको फलेबास, कार्कीनेटा, जुग्लेहुँदै पोखरासम्म बस सेवा सञ्चालनमा आएको छ ।
भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ ।
पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भए पनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निरास बनेका छन् ।
जापानका अर्थमन्त्री कात्सुनोबु कातोले चीनले लगाएका दुर्लभ-पृथ्वी (खनिज) तत्व निर्यात प्रतिबन्धको विरुद्धमा सात राष्ट्रको समूह (जी-७) एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
महोत्तरी जिल्लामा बिरामीको उपचारमा सहजता ल्याउन प्रादेशिक अस्पताल जलेश्वरसहित विभिन्न स्वास्थ्य संस्थाहरूमा मेडिकल उपकरण तथा सामग्री वितरण गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाविरुद्ध गोप्यरूपमा केन्द्रीय गुप्तचर एजेन्सी (सिआइए) लाई कारबाही गर्न अनुमति दिनुभएको सङ्केत गर्नु भएको छ ।