नेपालको ख्यातिप्राप्त निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । दलको अध्यक्ष दिनेशराज प्रसाईं हुनुहुन्छ । सो दलले बुधबार दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले कामको समायोजन, स्थान व्यवस्थापनमार्फत अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन दिनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारमा भएको संयुक्त छलफलका क्रममा उहाँले क्षतिग्रस्त जिल्ला अदालतको भवनको विकल्पमा प्राधिकरणको भवन प्रयोगमा ल्याएर पनि अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन दिनुभएको हो ।
जेनजीको विद्रोहपछि सुशासन, पारदर्शी सेवा प्रवाह, प्रणालीगत सुधारसहितका नवीनतम् दृष्टिकोण र निर्वाचन गराउने अभिभारासहित सरकार विस्तार भएको एक महिना पूरा भएको छ । भदौ २७ गते पूर्वप्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि उहाँले भदौ ३० गते पहिलो पटक मन्त्रीपरिषद् विस्तार गरी देशको विषम परिस्थितिलाई अग्रगति प्रदान गर्ने यात्रा प्रारम्भ गर्नुभएको हो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई देशी–विदेशी प्रपञ्च भनेर टार्न नमिल्ने बताउनुभयो ।
यमनी हुथी विद्रोही समूहका सैन्य प्रमुख इजरायली आक्रमणमा मारिएको इरान समर्थित उक्त समूहले बिहीबार बताएको छ । समूहले आफ्ना सैन्य प्रमुखको हत्याको बदला लिने चेतावनी दिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षा एवं स्थिति सामान्यीकरण भएको तथा निर्वाचन वातावरण निर्माण र तयारीका कार्य अघि बढेको बताउनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गर्नुभएको छ ।
कैलालीको टीकापुर नगरपालिका बाघमाराकी मुक्त कमलरी पवित्रा चौधरीले हस्तकलाको सामग्री उत्पादन गर्दै आएको एक वर्ष भयो।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग वार्ता गर्नुभएको छ।
सरकारले निर्वाचनमा सुरक्षाको वातावरण प्रत्याभूति गराउन सकेमा आगामी निर्वाचनमा भाग लिन तयार रहेको राजनीतिक दलले बताएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको बताउनुभएको छ। आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्दै उहाँले सरकारले फागुन २१ मा निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने बताउनुभयो।
सरकारले विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितको समस्या समाधानका लागि पहल लिनुभएको छ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नियमित अधिवेशनको मिति तय गर्नेबारे छलफल भएको छ।
नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ ।