बागमती प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयलाई सुशासन र पारदर्शी बनाउनु योजना बैंक स्थापना गरिने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा समृद्ध प्रदेश निर्माण गर्न सरकार दृढ सङ्कल्प गर्दै प्रदेशको एकल अधिकार कार्यान्वयनमा जोड दिनेभएको छ ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेरिङ नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि सार्वजनिक यातायातका सवारीसाधन ग्यारेजमा थन्क्याउने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताउनुभएको छ । धुलिखेल अस्पताल परिसरमा निर्माण हुने धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
विकास र समृद्धिका आकाङ्क्षा पूरा गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने धारणा सांसदहरूले राखेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबिच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबिचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो ।
गैरसरकारी संस्थासँगको साझेदारीमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका मुक्त कमैयालाई निःशुल्क कृषि सामग्री तथा बिउबिजन वितरण गरेको छ ।
कुनैबेला निकै सजिएको कालीकोटको जिते बजार पछिल्लो समय अनुमान गर्न पनि नसकिने गरि खाली भएको छ ।
युरोपेली सङ्घ (इयु) आफ्नो सन् २०३० को जलवायु लक्ष्यहरू पूरा गर्ने बाटोमा रहेको ब्रसेल्सले बुधबार बताएको छ । यद्यपि सन् २०४० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई धेरै घटाउने समूहको महत्त्वाकाङ्क्षामा अनिश्चितता छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विदेशमा कमाएको पुँजी र सिकेको सीप सुदूरपश्चिम प्रदेशमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका सांसद रुक्मिणी कोइरालाले संविधान कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक कानुनहरू तत्काल निर्माण र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
नेपालमा राजनीतिक संरचना परिवर्तन भई लोकतन्त्रको आगमनसँगै गणतन्त्रको बहाली भएपछि मुलुकका अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि विविध परिवर्तन भएका छन् ।
कोशी प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको नक्साङ्कन अनुसार जोखिम क्षेत्रमा केन्द्रित रहेर प्रतिकार्य योजना तयार पार्ने जनाएको छ ।
अठारौँ गणतन्त्र दिवस भोलि स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी हर्षोल्लास साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागी हुनुहुनेछ ।
अदालतमा मुद्दा परेपछि म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरबाङ बजारमा सडक विस्तार योजना रोकिएको छ । लामो समयसम्म मुद्दाको किनारा नलाग्दा जीर्ण सडकमा जोखिम मोल्दै सवारीसाधन आवतजावत गर्नुपर्ने बाध्यता छ ।