तेहरान, असाेज ३० गते । भारतको मुम्बई सहरमा बन्दी बनाइएका दुई इरानी माझीलाई रिहा गरी आफ्नो स्वदेश फर्काइएको सरकारी समाचार एजेन्सी आइआरआइबीले जनाएको छ । डुङ्गाको इन्जिन फेल भएपछि आपतिकालिन अवस्थामा इरानी माझी भारतीय क्षेत्रमा प्रवेश गरेको भएता पनि उनीहरूलाई अवैध प्रवेशको आरोपमा पक्राउ गरिएको एजेन्सीले जनाएको छ ।
लामो सुनुवाइको प्रक्रिया पार गरी सकेपछि, उनीहरूलाई सबै आरोपबाट मुक्त गरी रिहा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मुम्बईमा रहेका इरानी वाणिज्यदूत हसन मोहसेनिफार्डलाई उद्धृत गर्दै माझीलाई १९ महिनादेखि हिरासतमा राखिएको थियो, यस अवधिमा उनीहरूलाई कडा परिश्रम गर्न बाध्य पारिएकोसमेत जनाइएको छ ।
इरानी वाणिज्य दूतावासको अनुगमन र भारतीय अदालतको सहयोगपछि उनीहरूको रिहाइ सम्भव भएको मोहसेनिफार्डले उल्लेख गर्नु भएको छ । यद्यपि, तिनीहरूको डुङ्गा भने जफत गरिएको छ । उहाँले इरानले भारत सरकारलाई कुटनैतिक रूपमा घाटाको क्षतिपूर्ति र डुङ्गाको रिहाइका लागि आह्वान गरेको बताउनु भएको छ । रासस/सिन्ह्वा