मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी रु १० ले बढेको छ ।
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार यहाँ कार्यकर्ता भेला गर्ने भएको छ ।
मुस्ताङ, जेठ १४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित ठिनी गाउँबाट देखिएको पाक्दै गरेको उवाखेती तथा पृष्ठभूमिमा जोमसोम बजार र विमानस्थल । हिउँदे बाली अन्तर्गत पर्ने उवालाई असारसम्म काटेर घर भित्र्याइन्छ । मुस्ताङमा उवालाई घरेलु मदिरा, सातु, लिटोलगायतमा प्रयोग गरिन्छ । तस्बिरः रासस
काठमाडौँ, जेठ १४ गते । राष्ट्रिय विपद् जोखिम न्युनिकण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ । सिंहदरबारमा बुधवार बसेको प्राधिकरणको बैठकले मनसुन प्रतिकार्य राष्ट्रिय कार्य योजना पारित गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा यो वर्ष मनसुनजन्य विपद् बढी हुनसक्ने भएकाले प्रतिकार्य योजना बनाइ पेस गरिएको र बैठकले पास गरेको जानकारी दिनुभयो । गत वर्षको बाढीबाट चोभारमा जाम भएर बहाव अवरुद्ध हुन गई भएको डुबानबाट पाठ सिक्दै अब हुन नदिन लागि सहरी विकास मन्त्रलालको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको अवरोधहरू हटाउने भन्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले मनसुन छिटै आउँदै छ । यो वर्ष मनसुन बढी पनि छ । मनसुनको बेलामा प्रतिकार्य गर्ने योजना छ, त्यो राष्ट्रिय कार्य योजना पेस भएको छ । त्यो राष्ट्रिय कार्य योजना पास भएको छ । गत वर्षको बाढीबाट चोभारमा जाम भएर बहाव अवरुद्ध हुन गई जुन डुबान भएको थियो, त्यो नहोस् भन्नका लागि सहरी विकास मन्त्रलालको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको अवरोधहरू हटाउने भन्ने निर्णय भयो । मनसुन प्रतिकार्य कार्य योजना छिटो तयार पारेर लागू गर्नुपर्छ । त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने थियो ।’मनसुन प्रतिकार्य कार्य योजना अब कार्यान्वयनमा गएको बताउनुभयो ।
बालबालिकाको मनोरञ्जनका लागि अरुण गाउँपालिका–७ सिक्रेटारमा वडा कार्यालययले १० लाख खर्चेर बाल उद्यान निर्माण गरेको छ ।
काठमाडौँ, जेठ १४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय सङ्गठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तीकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन आफूहरूले चाहेको बताउनुभयो । आदिवासी जनजातिलगायतका समुदायका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरुवात नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेको बताउनु भयो । आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्धन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप स्राेत साधन सम्पन्न गराउन कांग्रेस सचेत रहेको पनि बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ । संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन हामी लाग्नेछौँ । आदिवासी जनजाति लगायतका समुदायका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरुवात नेपाली कांग्रेसको (मेरो) नेतृत्वको सरकारले गरेको हो भन्ने तथ्य यहाँ राख्न चाहन्छु । आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्धन गर्न कांग्रेस प्रतिबद्ध छ । संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप स्राेत साधन सम्पन्न गराउन कांग्रेस सचेत छ ।’सभापति देउवाले नेपाली कांग्रेस आदिवासी, जनजातिहरूको सशक्तीकरणका लागि सधैँ क्रियाशील रहेको बताउनुभयो ।
वेद मानव सभ्यताको सर्वप्राचीन शास्त्र हो । बृहत् नेपाली शब्दकोशले वेदलाई आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूल स्रोत मानिएको सर्वप्राचीन र सर्वाधिक मान्य ग्रन्थ भनेको छ । वेदले प्राचीन सभ्यताको प्रतिविम्ब प्रदान गरेको छ । संस्कृत साहित्यमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी वेदका चार प्रकार उल्लेख गरिएको छ । ऋग्वेद : ऋग्वेदलाई वेदहरूमध्येकै सबैभन्दा पुरानो ग्रन्थ मानिएको छ । अध्येता सांकृत्यायनले ऋग्वेदलाई आर्य सभ्यताको प्राचीन साहित्यका रूपमा उल्लेख गरेका छन् । उनका अनुसार ऋग्वेदको समय इपू १५०० वर्षभन्दा पुरानो छ ।
राप्ती राजमार्ग सुचारु भएको छ । गए राती परेको वर्षापछि कपुरकोट गाउँपालिका–३ चोर खोलामा झरेको पहिरोका कारण अवरुद्ध भएको राप्ती राजमार्ग सुचारु भएको हो बिहान करिब ४ः४० बजे खसेको पहिरोले राजमार्गका दुवै लेन ढाकिएको थियो, जसले गर्दा सयौँ यात्रु तथा सवारी साधनहरू दुबैतर्फ रोकिएका थिए।
अव्यवस्थित सडक खन्दा पहिरोको जोखिम बढेपछि पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रलाई पदमार्गले जोडेको छ । निसीखोला–१, देवीस्थानमा पर्ने पर्यटकीय गन्तव्य हर्पे र धुवाँकोटलाई पदमार्गले जोडिएको हो ।
न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउँदै हुनुहुन्छ ।
नवीनराज कुइँकेललमजुङ, जेठ १४ गते । लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटे ओडारको बुद्धटोलस्थित एक घरको कोठामा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु भएको छ ।बुधवार बिहान साढे ३ बजेतिर आगलागी हुँदा कोठामा भाडा गरी बस्ने ७० वर्षीया मिठी थापाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो ।दोर्दी १ घर हुनुभएकी थापा एक्लै कोठा भाडामा लिएर बस्दै आउनुभएको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगलागी भइरहेको कोठाको ढोका फुटाएर आगो नियन्त्रणमा लिइएको थियो।प्रहरीका अनुसार अचेत अवस्थामा रहनुभएकी उहाँलाई तत्काल उद्धार गरी प्रदेश अस्पताल बेसी सहर पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको अनुहार, खुट्टाका भागहरू जलेको अवस्थामा भेटिएको थियो।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रेसम बोहोराले जानकारी दिनुभयो ।
लमजुङका चार वटा पालिकाका विपन्न बस्तीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशकै गौरवको आयोजना घोषणा गरेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सुविधा थपिँदै गएका छन् ।
दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको मूल गेटमा विगत पाँच महिनादेखि ताला लगाइएको छ । तालाबन्दीका कारण विश्वविद्यालयको प्रशासनिक, आर्थिकसँगै शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ ।