• ३० असोज २०८२, बिहिबार

जापानमा सन् २०२५ मा भालु आक्रमणबाट सात जनाको मृत्यु

blog

टोकियो, असोज ३० गते । जापानले आर्थिक वर्ष २०२५ मा भालु आक्रमणका कारण अहिले सम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । जुन आर्थिक वर्ष २००६ मा रेकर्ड  राख्न सुरु भए पछिको सबै भन्दा बढी हो ।

भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक वर्ष २०२३ मा छ जना रहेको उल्लेख गर्दै युक्त रेकर्डलाई तोड्दै चालु वर्षमा उच्च रेकर्ड कायम भएको वन तथा वातावरण मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार अधिकांश आक्रमण उत्तरपूर्वी क्षेत्र र होक्काइडोको उत्तरी प्रान्तमा भएका छन् ।

सात जना भालु आक्रमणका कारण ज्यान गुमाउने मध्ये इवाटेको उत्तरपूर्वी प्रान्तका एक जना व्यक्ति समावेश रहेको र उहाँको शव अक्टोबर-८ मा भालुले आक्रमण गरेको अवस्थामा फेला परेको जनाइएको छ । 

यसैबिच, मियागी प्रान्तको सेन्डाईको आवासीय क्षेत्रमा खतरा भढे पछि बुधबार एक वयस्क  भालुलाई  गोली हानेर मारिएको छ । जापानमा खतरनाक जनावरको “आपतकालीन सुटिङ“ लाई बैध गराउन पहिलो पटक वन्यजन्तु संरक्षण र व्यवस्थापन सम्बन्धी संशोधित कानुन प्रयोग गरिएको थियो ।

यस वर्षको अप्रिल देखि सेप्टेम्बर सम्म भालूसँग सम्बन्धित ९९ वटा घटनामा १०८ जना प्रभावित हुँदा सबै भन्दा खराब रेकर्ड कायम भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीले आवासीय क्षेत्रमा भालु सक्रिय भएकाले आक्रमण बढ्न सक्ने  चेतावनी दिँदै मानिसलाई सतर्क रहन आग्रह गरेका छन् । रासस/सिन्ह्वा