हेटौँडा समाचारदाता
हेटौँडा, असोज ३० गते । जेनजी समूहको आन्दोलनका व्रmममा बागमती प्रदेशमा क्षति पुगेका आधा दर्जन मन्त्रालयले अन्य कार्यालयसँग शरण लिएर सेवा प्रारम्भ गरेका छन् । मन्त्रालयका महìवपूर्ण कागजात र संरचना जलेर बस्न नमिल्ने अवस्था आएपछि ती मन्त्रालयले अन्य मन्त्रालयका भवन तथा मातहतका निर्देशनालयका भवनबाट सेवा प्रवाह सुचारु गरेका हुन् ।
प्रदेशका १४ मन्त्रालयमध्ये छ वटा मन्त्रालयले अन्य कार्यालयको भवन तथा संरचना प्रयोग गरेर सेवा दिन थालेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम, रोजगार तथा यातायात, स्वास्थ्य मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयले अन्य मन्त्रालय तथा कार्यालयको भवनबाट सेवा दिन थालेका छन् ।
प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको लगानीमा निर्माण भएको तरकारी थोक बजारमा बसेको सहरी तथा गरिबी निवारण मन्त्रालयले आन्दोलनपश्चात् उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको भवनबाट कार्य प्रारम्भ गरेको छ । मुख्यमन्त्री कार्यालयबाट क्षति भएका मन्त्रालयको अस्थायी व्यवस्थापन हुने व्रmममा मन्त्रीसहितको सात वटा कोठाबाट सेवा सुरु गरेको मन्त्रालयका सचिव खुबिराम अधिकारीले जानकारी दिनुभयो ।
“तत्कालीन जिल्ला विकास समितिको भवनमा रहेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको भवन सानो हुँदा सोही भवनबाट दुई वटा मन्त्रालय सञ्चालन गर्न अप्ठ्यारो परेको छ । कर्मचारीका लागि कोठा व्यवस्थापन, फाइल र दराज राख्न पनि साँघुरो भएको छ,” सचिव अधिकारीले भन्नुभयो । मन्त्रालयको भवन र मन्त्रालय अन्तर्गतको सहकारी तालिम केन्द्र चितवनमा कम्प्युटर, ल्यापटप, भवन र सवारीसाधनसहित दुई करोड रुपियाँ बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।
रजिस्ट्रार प्रदीपराज पौडेलका अनुसार सहकारीका तीन हजार दुई सय फाइलमध्ये तीन हजारको सङ्ख्यामा जले पनि अनलाइन प्रणालीमा दुई हजार ६६० वटा फाइल रहेको जानकारी दिनुभयो । कार्यालयका कागजात जले पनि अनलाइन प्रणालीमा आवश्यक कागजात रहेको मन्त्रालयले जनाएको छ । बिस्तारै सेवालाई अनलाइन प्रणालीमा लैजाँदै अद्यावधिकको काम पनि अनलाइनमार्फत मिलाउने तयारीमा रहेको सचिव अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको सेवा सहरी विकास तथा भवन कार्यालय मकवानपुरको नवनिर्मित भवनबाट सञ्चालित भएको छ । “प्रशासनको कागजात सुरक्षित छ, लेखा र स्टोरको सबै कागज जले,” कार्यालयका सूचना अधिकारी वासुदेव दाहालले भन्नुभयो ।
मन्त्रालयमा रोकिएका योजना बुझ्न, योजना कार्यान्वयन प्रव्रिmया र बहुवर्षीय योजनाबारे सेवाग्राही आउने गरेको मन्त्रालयको भनाइ छ । मन्त्रालय अन्तर्गत दुई वटा आयोजना, ११ पूर्वाधार विकास कार्यालय र पाँच वटा सहरी विकास तथा भवन कार्यालय रहेका छन् । मन्त्रालयसहित मातहतका कार्यालय गरी करिब १७ करोड रुपियाँको क्षति भएको आकलन गरिएको छ ।
जेनजी समूहको आन्दोलनका व्रmममा क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नै मातहतको कृषि विकास निर्देशनालयका पाँच वटा कोठाबाट मन्त्रालयको दैनिक कामकाज सञ्चालन गरेको छ । मन्त्रालयमा आउने सेवाग्राही न्यून देखिएका छन् भने केही कर्मचारी प्रशासनिक काममा लागेका छन् । आन्दोलनका व्रmममा लेखा र प्रशासनको ७० प्रतिशत कागजात जलेको छ । मन्त्रालय र कृषि विकास कार्यालय चितवनमा गरेर करिब पाँच करोडको क्षति भएको निमित्त सचिव डा. रामप्रकाश प्रधानले जानकारी दिनुभयो ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र श्रम, रोजगार तथा यातायात र स्वास्थ्य मन्त्रालयले भुटनदेवी माविको जग्गामा निर्माण गरेको उत्पादन प्रदर्शनी भवन सेवा सुरु गरेका छन् । तल्लो तलामा स्वास्थ्य मन्त्रालय र माथिल्लो तलाबाट श्रम मन्त्रालयले सेवा सुरु गरेका हुन् । दुवै मन्त्रालयले कार्यालयको व्यवस्थापन धमाधम गरिरहेका छन् । यता खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुको कार्यालयबाट सेवा सुरु गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्नै कार्यालयबाट सेवा प्रवाह गरिरहेका छन् ।