• २९ असोज २०८२, बुधबार

हिले मैदानमा नेपाल र तुर्कमेनिस्तानको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र तुर्कमेनिस्तानका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, असोज २९ गते । नेपालले एएफसी महिला यु–१७ एसियन कपको पहिलो खेलमा तुर्कमेनिस्तानसँग बराबरी खेलेको छ । 

थाइल्यान्डको चोनबुरी स्टेडियममा बुधबार सम्पन्न समूह ‘एफ’ को पहिलो खेलमा नेपालले र तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको हो । वर्षाका कारण हिले मैदानमा खेलिएको बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बनाएको छ । 

घरेलु टोली थाइल्यान्डको तीन अङ्क छ । थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७–० गोलले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार थाइल्यान्डसँग खेल्नेछ ।