अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि उपयुक्त मौसम भएकाले पर्यटकको निकै भिड लागेको छ । दसैँ तिहार बिदा र राम्रो मौसमको सदुपयोग गर्दै धेरै पर्यटक यतिखेर अन्नपूर्ण पदयात्रामा निस्किएका छन् ।
गोरखाको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको बारपाक सुलिकोट गाउँपालिका पछिल्ला वर्षमा कृषि क्षेत्रबाट पनि पहिचान बनाउन थालेको छ ।
यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेकामा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।
मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।
लागुऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न रहेर फरार रहेका अभियुक्त अमन यादवलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकार प्रतिवादी रहेको उक्त मुद्दामा यादव लामो समयदेखि फरार रहेका थिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहान ११ः०० बजे ललितपुरको जावलाखेलमा बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । बैठकमा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
जाडो याम सुरु हुन थालेसँगै पछिल्ला केही दिनयता प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । चाप बढ्दै गएपछि बिरामीलाई शय्या अभाव भएको छ ।
विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल हुनुभएको छ । भारतका विभिन्न सहरमा वषौैँदेखि पसिना बगाएका महतोले अहिले सिरहाको लहानमा फूलखेतीमार्फत आम्दानी गरिरहनुभएको छ ।
विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ ।
सुरक्षाका कारण कास्की र तनहुँ कारागारमा स्थानान्तरण गरिएका लमजुङका १०८ कैदीबन्दीमध्ये जेनजी समूहको आन्दोलनका क्रममा भागेका २९ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् ।
धनुषाका १२ वटा स्थानीय तहका शिक्षक तलब भत्ताबाट वञ्चित भएका छन् । स्थानीय तहको आन्तरिक विवाद र प्रशासनिक समस्याका कारण यहाँका शिक्षक तलब भत्ताबाट वञ्चित भएका हुन् ।
मनाङको नासोँ गाउँपालिका–६ र ७ जोड्ने दुधखोलामा नौ वर्षपछि पक्की पुल निर्माण भएर सञ्चालनमा आएको छ । नासोँ गाउँपालिकाको थोँचे र तिल्चे जाने दुधखोलामाथि पक्की पुल बन्दा स्थानीयको आवागमन सहज भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका–१०, बायोडाँडामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको भ्यु टावर ओझेलमा परेको छ । नगरपालिकाले छ वर्ष लगाएर निमार्ण गरेको भ्यु टावरको उचित प्रचारप्रसार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक त्यहाँसम्म पुग्न नसकेका हुन् ।
पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने व्रmम सुरु भएको छ । हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ,
पाल्पाका विभिन्न अस्पतालमा ‘स्क्रब टाइफस’ का बिरामी निरन्तर बढेका छन् । जिल्ला सरकारी अस्पताल पाल्पा, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास र रामपुर अस्पताल पाल्पामा ‘स्क्रब टाइफस’ का बिरामी बढेको अस्पतालहरूले जनाएका छन् ।