म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । रोजगार कार्यक्रममार्फत सडक मर्मत, गोरेटो बाटो र पदमार्ग निर्माण तथा मर्मतका लागि सञ्चालित ११ वटा योजनामा ८२ जनाले रोजगारी पाएका छन् ।
मधेश प्रदेश सरकारले ३२० किलोमिटर कालोपत्रे सडक निर्माणको तयारी थालेको छ । “एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक” योजानाअन्तर्गत प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले सडक निर्माणको तयारी थालिएको हो ।
कोहलपुर आसपासमा दिनहु जसो विद्युत अनियमित हुन थालेपछि नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले विद्युत वितरण केन्द्र कोहलपुरलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
गुल्मीको विरबार स्वास्थ्यचौकी चार वर्षमा निर्माण हुने भएको छ । गुल्मीदरवार गाउँपालिका–४ को विरबास स्वास्थ्यचौकी २०७८ पुस ११ गते निर्माण सम्झौता भएको थियो ।
तत्कालीन सात राजनीतिक दल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बिच भएको विस्तृत शान्ति सम्झौता तथा जनआन्दोलन र सशस्त्र युद्धको जगमा २०६५ जेठ १५ गते नेपाल गणतन्त्रमा प्रवेश गर्यो ।
अर्थ मन्त्री विष्णु प्रसाद पौडेललाई नेपाल विद्यार्थी संघका अध्यक्ष नेपाल विद्यार्थी संघले विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यसै आर्थिक वर्षदेखि प्रभावकारी रूपमा लागू हुनेगरी आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो ।
म्याग्दीको मालिका गाउँपालिकाले कोदोबाट बन्ने घरेलु मदिराको परीक्षण गर्ने प्रक्रिया अगाडी बढाएको छ । परम्परागत प्रविधि प्रयोग गरेर गाउँगाउँमा उत्पादन भएको घरेलु मदिराको परीक्षण गरी गुणस्तर कायम गर्ने भएको हो ।
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । डा. भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताउनुभयो ।
चन्द्रकोट गाउँपालिकाभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रवर्धन गर्न नेपाल पर्यटन बोर्डसहित गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको टोली चन्द्रकोट गाउँपालिका–४ को टिमुरे सामुदायिक होमस्टेमा पुगेको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताउनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिन भएकाले त्यस दिनलाई विजय उत्सवको रूपमा मनाउन आवश्यक रहेको भन्दै तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत २०७९ असार १८ गते नेपालगन्जमा स्थापना भएर सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलोपटक स्नातकोत्तर तहमा विद्यार्थीहरुलाई अध्यापन सुरु गर्न लागेको छ ।
सङ्घीयतापछि मानव अधिकारका लागि वकालत र पैरवी हुन छाडेको भन्दै चिन्त व्यक्त गरिएको छ । मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गए पनि पछिल्ला वर्षहरुमा अधिकारकर्मीहरुले वकालत र पैरवी गर्न छाडेको भन्दै चिन्ता व्यक्त गरिएको हो ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्कीको नागडाडाबाट सोमबार बिहान देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य ।