मोरङको कानेपोखरी गाउँपालिका कार्यालयले जेठ १३ गते मङ्गलबार पालिका भरि सार्वजनिक बिदा दिने भएको छ । किरात राई समुदायको सबैभन्दा ठुलो चाड साकेला सिली उभौलि पर्वको मङ्गलबार समापन गरिने भएकोले उक्त दिन बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।
राष्ट्र बैंकलले मौद्रिक नीतिको तेस्रो त्रयमाससम्मको कार्यान्वयन स्थितिको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने र मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने नीति लिइएकोमा सोही अनुरुप चालु आर्थिक वर्षको नौ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.५७ प्रतिशत रहेको जनाएको हो ।
होटेल क्षेत्रमा अर्बौँ लगानी भए पनि बनेका विमानस्थल नचल्दा र सडकहरू समयमै नबन्दा होटेल क्षेत्र ठुलो मारमा परेको छ । होटेल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय चेनहरू ल्याएर अर्बौँ लगानी भएका होटेलहरु खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताउनु भयो ।
काठमाडौँ, जेठ १२ गते । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।सोमवार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ । आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ । काँग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित गर्न सके राजनीतिबाटै राजीनामा दिने बताउनुभएको छ । साथै जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको बताउनुभएको छ ।
काठमाडौँ, जेठ १२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सल्लाहकार शारदादेवी भट्ट राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । ७६ वर्षीया सदस्य भट्ट सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ । सदस्य भट्टसँग गरिएको कुराकानीको सम्पादित अंशः तीनै तहका सरकारहरुले भ्रष्टाचार अन्त्यका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्छ । यसका लागि समन्वयात्मक काम गर्नुपर्छ । एकले अर्कोलाई दोष दिएर उम्कन मिल्दैन । गरिबी छ, वैदेशिक ऋण पनि छ । यस्तो अवस्थामा भ्रष्टाचार हुन्छ भने समाज के होला ? जनताले तिरेको कर हिनामिना गरिनुहुन्न । सबैभन्दा पहिला देशबाट भ्रष्टाचार अन्त्य गर्नुहोस् । भ्रष्टाचार रोक्न सकेमात्र देश उँभो लाग्छ, देशको विकास हुन्छ । सदाचारलाई हामी सबै मिलेर प्रवद्र्धन गरिनुपर्छ । सुगम भनिए पनि कैलाली सुदूरपश्चिमको एउटा पिछडिएको जिल्ला हो । यहाँ बसोबास गर्ने थारु, चौधरी, दलित र महिलालगायत सबै जनतामा शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या छ । सुदूरपश्चिमलाई अझै पर्याप्त बजेट विनियोजन गरिँदैन । अन्य प्रदेशका तुलनामा सुदूरपश्चिममा अत्यन्त न्यून बजेट विनियोजन हुन्छ । कैलालीमा महिला बढी समस्यामा परेका छन् । ज्येष्ठ नागरिकलाई समाज र राष्ट्रले उच्च सम्मान गर्नुपर्छ । अहिले बदलिँदो सामाजिक संरचनाका कारण ज्येष्ठ नागरिकले अपहेलित भएको महसुस गर्न थालेका छन् । पहिलो कुरा भनेको छोराछोरीले नै आफूलाई जन्म दिने बाबुआमा प्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ । सन्तानलाई नै आमाबाबुप्रति जिम्मेवार बनाउनुपर्छ । सन्तान नै नभएको खण्डमा भने राज्यले उनीहरुको व्यवस्थापन गर्नुपर्छ । बाँचुञ्जेल भएको सम्पत्ति सबै बाबुआमाकै नाममा हुनुपर्छ । यदि सम्पत्ति भएन भने सन्तानले बाबुआमालाई नहेर्ने चलन पनि छ । सरकारले अलिकति भए पनि भत्ता दिएर बूढाबूढीलाई राहत भएको छ । भत्ता बूढेसकालको सहारा भएको छ । यो राज्यले राम्रो गरेको छ । हाम्रो जमानामा महिला अधिकार भन्ने थाहै थिएन । अहिले भने महिलाले धेरै अधिकार पाएका छन् । हामीले राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, उपसभामुख, राष्ट्रियसभाको उपाध्यक्ष, मन्त्री, सांसद, मेयर र उमपेयर पाएकै छौँ । यसलाई महिलाले अधिकार नपाएकै हो भन्न सकिन्न । तर महिलाको हकअधिकारको निम्ति धेरै काम गर्नुपर्ने छ । अझै धेरै सङ्घर्ष गर्नुपर्ने छ । महिलाभित्र पनि टाठाबाठाले अधिकारको बढी उपभोग गरेका छन् । जसले पाउनुपर्ने हो, उस्ले पाउन सकेको छैन । महिलाभित्र पनि समान रुपमा अधिकारको बाँडफाँट हुन आवश्यक छ । अहिले संविधान संशोधनको चर्चा चुलिएको छ । तर के विषयमा संशोधन गर्ने भन्ने कुरा आएको छैन । अहिल्यै पनि संविधानमा जनताका धेरै विषयवस्तु समावेश भएका छन् । अझै केही अधिकार संशोधनमार्फत सम्बोधन गर्नुपर्ने छ । काम गर्न विदेश जाने युवालाई रोक्नका लागि देशमा भएका सबै कलकारखाना सञ्चालन गर्नुपर्छ । नेपालमा भएका कलकारखाना कहाँ गए भन्नेबारेमा पनि खोजी हुनुपर्छ । यो खोजी कुनै पनि सरकारले गर्न सकेको छैन । मेरो जानकारीमा नेपालमा कुनै दिन ३० वटाभन्दा बढी कलकारखाना र उद्योग थिए । ती सबै अहिले कहाँ गए ? अहिले देशभित्र काम नपाएपछि नेपाली युवा विदेशमा श्रम बेच्न बाध्य छन् । यो कुरालाई सरकारले सम्बोधन गर्नुपर्छ । यसरी नै युवा विदेशिने क्रम बढ्दै गयो भने देशको विकास कसरी हुन्छ रु प्रत्येक गाउँ युवाविहीन भइरहेका छन् । पहाडका घरहरु खाली हुन थालेका छन् । यो गम्भीर विषय हो । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । अब फेरि राजा ल्याउने भन्ने कुरा हुँदैन । हामीले लामो समय राजतन्त्र पनि हेरेकै हो । त्यसैले अहिलेकै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुधारेर लैजानुपर्छ । तर नेताले जनताको पक्षमा राम्रो काम गर्नुपर्छ । देश एउटा गतिमा अगाडि बढिसकेको छ । सरकारले पनि समृद्ध नेपाल सुखी जनताको निम्ति काम गरिरहेको छ । जनता निरास हुनुपर्ने अवस्था छैन । अब विस्तारै जनताको अवस्थामा पनि परिवर्तन आउँछ । देशमै रोजगारीको सिर्जना हुन्छ । सबैभन्दा उत्तम व्यवस्था गणतन्त्र हो । यो हामीले लडेर ल्याएको हो । तर जनतालाई व्यवस्था मात्रै दिएर पुग्दैन । उनीहरुलाई त्यहीअनुसारको सेवा सुविधा पनि दिनुपर्ने हुन्छ । राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । अब आउँदो फागुनमा मेरो कार्यकाल सकिँदैछ । राष्ट्रियसभा एउटा सम्मानित सभा हो । यो सभासम्म आइपुग्ने सदस्यहरु लामो सङ्घर्ष गरेर आउनुभएको छ । त्यस अर्थमा पनि यो सभा परिपक्व र अनुभवीको सभा हो । राष्ट्रियसभामा आउने सदस्यले देश र जनताको निम्ति केही न केही योगदान गरेरै आएका छन् । मेरो अनुभवमा राष्ट्रियसभाले संविधानभित्र रहेर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेकै छ । आफ्नो काम, कर्तव्य नियमपूर्वक पालना गरेकै छ । सांसदको कामै कानुन निर्माण गर्ने हो । यो भूमिका पनि राष्ट्रियसभाले निर्वाह गर्दै आएको छ । यो सभामा आएका विधेयक पर्याप्त छलफल गरेर मात्रै पास गर्छौं । रासस
इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ ।
धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माण गरिने भएको छ । यसका लागि नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी ९जाइका० बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण गर्न लागिएको हो ।
तपाईंले कहिले विचार गर्नुभएको छ किन वकिलले कालो कोट र डाक्टरले सेतो कोट लगाउँछन् ? यो केवल फेसन वा परम्परासँग मात्र सम्बन्धित छैन । यसको पछाडि गहिरो सोचाइ, इतिहास र मनोवैज्ञानिक कारण छन् ।
बहत्तरौँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । मे २७, २८ र २९ अर्थात् जेठ १३, १४ र १५ गतेका दिन खुम्बु पासाङल्हामु गाउँपालिका–५,
नारद कोहारतौलिहवा(कपिलवस्तु), जेठ १२ गते । जिल्लाको शुद्धोधन गाउँपालिका ५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजु बैनीको मृत्यु भएको छ । प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार आइतबार साझा घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर लिकेज भइ आगो लागेपछि १८ वर्षीया सोनाम यादव र उहाँका दाई २५ वर्षीय शिव कुमार यादव जलेर गम्भीर घाइते भएको बताउनुभयो ।घर नजिकै गोठमा रहेको आगो ग्यास लिक भई आगलागी भएको थियो । जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा पठाएको थियो । सोनमको मेडिकल कलेज भैरहवा मै र शिव कुमारको भारतको गोरखपुर उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।दुवै जनाको शव पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।
मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को विकास खर्च अत्यन्तै निराशाजनक देखिएको छ । आव सकिन अब करिब डेढ महिना मात्र बाँकी रहँदा कुल बजेटको १६.२७ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेश प्रदेशले जनाएको छ ।
राममणि दाहालमकवानपुर, जेठ १२ गते । मकवानपुरको मनहरी गाउँपालिका २ रामबारी भार्ताबाट स्थानीय जङ्गलमा निगुरो तथा च्याउ गएका तीन जनामध्ये एक जना बेपत्ता रहेका छन् । गत बिहीबार निगुरो तथा च्याउ गएकामध्ये तीन जनामध्ये श्याम बहादुर ब्लोन जङ्गलमा नै हराएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।मनहरी गाउँपालिका २ का ६२ वर्षीय श्याम बहादुर ब्लोन, वर्ष २८ का श्रवनकुमार ब्लोन र वर्ष ५० का भक्तबहादुर आलेमगरसहित तीन जना स्थानीय जङ्गलमा निगुरो तथा च्याउ खोज्न गएकोमा श्रवण कुमार र भक्त बहादुर शनिवार दिउँसो २ बजे घर फर्की आउनुभएको थियो । वडाध्यक्ष राजकुमार पाख्रिनले जङ्गलमा नै हराएर घर फर्की नआएकोले श्याम बहादुर भने खोज तलास गर्दा तथा आफन्त छर छिमेककोमा बुझ्दा समेत फेला नपरेको जानकारी दिनुभयो । उहाँले श्याम बहादुरको खोज तलासका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको र खोजी कार्यका लागि जङ्गल जाने तयारी गरिएको बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
गुल्मीमा कृषि र पशुपालनबाट समृद्धिको आशा जाग्न थालेको छ । पहाडी जिल्लाहरूमा ठुला उद्योग कलकारखाना नहुने भएकाले कृषि र पर्यटन नै समृद्धिका आधार हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार यो आर्थिक वर्षमा साढे चार अर्बको पशु र सवा अर्ब रुपियाँ बराबरको कृषिजन्य उत्पादन भएको छ ।
ट्र्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्रे भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट वञ्चित बनेका बागलुङ नगरपालिका–४, ढोडेनीवासीले गैँची, बेल्चा र कोदालोको सहायताले २०५६ सालमा ट्र्याक खोलेको ओढारचौर–ढोडेनी सडक कालोपत्रे गरिएको हो ।