शान्तिसुरक्षा कायम गर्नु कुनै पनि राज्यको प्रमुख दायित्व हो । संसारभरि नै अहिले शान्तिसुरक्षाको विषय पेचिलो बन्दै गएको छ । युद्ध, तनाव, व्यापार अवरोध आदिले विश्वमै शान्तिसुरक्षाको विषयले उच्च प्राथमिकता पाउन थालेको छ । यो परिवेशमा आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीलाई गम्भीर रूपमा हेर्नु स्वाभाविक हो । भूराजनीतिक तनावले मुलुकहरू अनेक तवरले प्रभावित छन् ।
अहिले सार्वजनिक क्षेत्रमा नैतिकता र सदाचारको आवश्यकता बढेर गएको छ किनकि सर्वसाधारणको अनुभूतिमा व्यावसायिक सदाचारको स्तर निकै खस्किएको छ । सर्वसाधारण स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन् तर त्यसप्रतिको तत्परता सार्वजनिक क्षेत्रमा देखिएको छैन । संस्थाहरूको कर्मचारीतन्त्रीकरण र सेवा वितरणमा राजनीतिकरणले प्रशासनयन्त्र पक्षपाती देखिएको छ ।
देशको समग्र प्रबन्ध एवं सञ्चालनबाट जनहतिको कार्य गर्नु शासनको मुख्य उद्देश्य हो । सार्वजनिक हित एवं उद्देश्य प्राप्तिका लागि नियम कानुनको विकास गर्ने, लागु गर्ने र परिपालना गराउने समष्टिगत कार्य नै शासन हो ।
सप्तरीमा एक हजार एक सय ४३ जना नयाँ मतदाता थपिएका छन् । असोज १० देखि २७ गतेसम्मसात सय ७९ पुरूष, तीन सय ६४ महिला र सात जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका सूचना अधिकृत मालती राईले जानकारी दिनुभयो ।
रौतहटको देवाही गोनाही –५ मा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा देवाही गोनाही –३ का ६५ वर्षीय किशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
१. सन् २०२५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को–को हुन् ? जोन क्लार्क (बेलायत), मिसेल एच डेभरेट (फ्रान्स) र जोन एम मार्टिनिस (अमेरिका) नोबेल पुरस्कार–२०२५
सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ५ जोगिनायाँ घर भएका ४२ वर्षीय नरेश यादवको चौताराबाट लडेर मङ्गलबार राति मृत्यु भएको हो ।
बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।
सामाजिक उत्तरदायित्व १. सार्वजनिक प्रशासनमा सामाजिक उत्तरदायित्व भन्नाले के बुझिन्छ ? सार्वजनिक प्रशासनमा सामाजिक उत्तरदायित्व किन आवश्यक छ ? सार्वजनिक प्रशासनमा सामाजिक उत्तरदायित्व सुनिश्चित गराउने औजार प्रस्तुत गर्नुहोस् ।
सेवाग्राहीको भीड बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा समय विस्तार गरेको छ । कार्यालयले बिहान ८ देखि साँझ ६ बजेसम्म सेवा सञ्चालन सुरु गरेको हो । यसअघि सेवा बिहान १० देखि साँझ ५ बजेसम्म मात्र दिइँदै आएको थियो ।
नेपाल सरकार (मन्त्रिपरिषद्) स्पष्ट निर्देशिका पश्चात् पनि पश्चिम नवलपरासीका अधिकांश स्थानीय तहहरूले करार तथा ज्यालादारी कर्मचारी हटाउने विषयमा सक्रियता देखाएका छैनन् ।
क्रोधकला शिरोमणि कालु कुमाले (कुम्हा) को जीवनी, उहाँको कलायात्रालगायतका विषय समेटिएको म्युजिक भिडियो ‘शान्त स्वभाव’ सार्वजनिक गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे तीन खर्ब रुपियाँभन्दा बढी प्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आव २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार रेमिट्यान्स ३३.१ प्रतिशतले बढेर तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विद्यमान कर कानुनमा देखिएका अस्पष्टता हटाइने बताउनुभएको छ ।
नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तीकरण परियोजना अन्तर्गत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रममा सफलतापूर्वक ऊर्जा दक्षताका उपाय लागु गरेका दोस्रो चरणका उद्योगलाई राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आर्थिक अनुदान वितरण गरेको छ ।