शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रवीण कुमार शर्मा
रौतहट, असोज २९ गते । रौतहटको देवाही गोनाही –५ मा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी मृत्यु हुनेमा देवाही गोनाही –३ का ६५ वर्षीय किशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
देवाही गोनाही नगरपालिका –५ स्थित जगत चोकबाट मलंग चोक जाने भित्री सडकको पश्चिम तर्फ धानको खेतमा ना ३८ प १३८९ नं.को स्कुटर अनियन्त्रित भई मङ्गलबार साँझ दुर्घटना भएको थियो ।
घटनाको जानकारी पाउना साथ प्रहरी टोलि घटनास्थलमा पुग्दा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।