गत भदौ २४ गते लहानमा भएको जेनजी प्रदर्शनको क्रममा लहान नगरपालिकामा रहेका सरकारी कार्यालयहरुको भौतिक क्षति २६ करोडभन्दा बढी भएको छ । मङ्गलबार क्षति भएको कार्यालयहरुको अनुगमन गर्दा क्षतिको विवरण बाहिर आएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकै पटकमा एक सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरको कमाण्ड जिम्मवारी बदली गरेको छ ।
दसैँ सकिए पनि थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रमझम भने अझै सकिएको छैन । दसैँभन्दा अघि सुरु भएको सो नाच दसैँ सकिएपछि पनि बाँके र बर्दियाका थारु गाउँबस्तीमा अझै जारी छ ।
बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो ।
पाँचथरको याङवरक गाउँपालिका-६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू-टावर निर्माण गरी गाउँलाई उपहार दिनुभएको छ ।
मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ ।
मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ ।
बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो ।
नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिनुभयो ।
विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ ।
तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ ।
लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।”
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि राज्यले खर्च उपलब्ध गराएको छ । मृतकलाई सहिद घोषणा गरेर रकम पनि दिने घोषणा भइसकेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकालाई ऐतिहासिक धार्मिक पर्यटकीय शहर बनाउन पूर्वाधार निर्माणलाई अघि बढाइएको छ । कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरबनाथ मन्दिरले चिनिएको जुम्लाको एकमात्र नगरपालिका चन्दननाथलाई पर्यटकीय शहर बनाउने प्रयास अघि बढेको छ ।