अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध दुई लाख रुपियाँ घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
धनुषाका १२ वटा स्थानीय तहका शिक्षक तलब भत्ताबाट वञ्चित भएका छन् । स्थानीय तहको आन्तरिक विवाद र प्रशासनीक समास्याका कारण यहाँका शिक्षक तलब भत्ताबाट वञ्चित भएको बताइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले गाउँपालिका र वडा कार्यालयहरूमा मङ्गलबार तालाबन्दी गरेका छन् ।
कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ ।
काठमाडौँ, असोज २८ गते । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस भएका छन् ।गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित भएको थियोे । आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन आएका हुन् ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस गरिएकामा दर्ताका लागि अध्ययन भइरहेको छ ।यही असोज २६ गतेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फुल कोर्ट)ले आजदेखि रिट निवेदन दर्ता एवम् सुनुवाइ गर्ने निर्णय गरेको थियो । रासस
गुल्मीका ५७ हजार बढी घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।
कर्णाली प्रदेश सरकारले सहिद स्मृति भत्ता र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि आर्थिक अख्तियारी दिने निर्णय गरेको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पाँच करोड बराबरको सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ ।
पाँचथरको फिदिम नगरपालिका १२ नांगीनमा गएको पहिरोले फेमे खोला थुनिएको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।
धुर्कोट गाउँपालिकाले दस वर्षे सशस्त्र जनयुद्वको सम्झानामा ‘जनयुद्व पार्क’ र गाउँपालिका भित्रका सहिदहरूको सम्झनामा ‘सहिद पार्क’ निर्माण गरेको छ ।
नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग गर्दै सुरु भएको विशेष महाधिवेशनको हस्ताक्षर अभियानमा लमजुङका ८५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
काठमाडौँ महानगरपालिका–३२, तीनकुनेस्थित सडकमा बा. ६८ प. ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।