आज यहाँ आयोजित कार्यक्रममा दोस्रो चरणमा १३ उद्योगलाई चार करोडभन्दा बढीको अनुदान प्रदान गरिएको थियो । विस्तृत ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका ऊर्जा बचत उपायहरूको सफल कार्यान्वयनपछि यो अनुदान वितरण गरिएको हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ ।
पाँचथरको फिदिम नगरपालिका १३ मा मोटरसाइकल खोल्सामा खस्दा चालकको निधन भएको छ । फिदिम नगरपालिका–१३ का ४२ वर्षीय हर्क राईको मङ्गलबार बिहान निधन भएको हो ।
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलको क्रममा निधन भएका गोरखाका सहिद परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले राहत वितरण गरेको छ ।
यही असोज १८ गते अविभर वर्षासँगै माथिबाट झरेको पहिरो इलामको माइजोगमाई गाउँपालिकाको मुख्य प्रशानिक भवमा पस्दा एक करोड बराबरको क्षति भएको छ ।
जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् ।
मकवानपुरको राक्सिराङमा चार्जमा राखेको मोबाइल पड्केर घरमा आगलागी भएको छ । राक्सिराङ गाउँपालिका–७ झ्याङजुवाङमा सोमबार दिउँसो सोलारको ब्याट्रीमा मोबाइल चार्ज गर्ने क्रममा मोबाइलको ब्याट्री पड्केर शेरबहादुर प्रजाको घरमा आगलागी भएको भएको हो ।
ओखलढुङ्गामा एकल महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्की सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला पर्नुभएको हो ।
निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता कार्य पुनः सुरु गरेपछि जिल्ला निर्वाचन कार्यालयमा आफ्नो नाम दर्ता गराउने युवाको सङ्ख्या बढ्दै गएको छ ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ मा रहेको आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रीतिमा बुढा बोल्ने बानी बसाल्नु पर्छ र अतिरिक्त क्रियाकलापमा सहभागी भएर आफ्नो प्रतिभा देखाउनु पर्छ भन्ने सोचका साथ अघि बढिरहनुभएको छ ।
नाम्खा गाउँपालिका–६ को न्यालु लेकको सडकमा हिउँ जमेर यातायात सेवा अवरुद्ध हुँदा २२ जना आन्तरिक पर्यटक ताक्ची र तुम्लिङमा अलपत्र परेका छन् । सडक सुचारु नभएपछि बोलेरो जिपसहित ती आन्तरिक पर्यटक चार दिनदेखि ताक्चीमा अलपत्र परेका हुन् ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनीबाट जलेर नष्ट भएको सुर्खेतस्थित नापी कार्यालयको सेवा अझै सुरु हुन सकेको छैन । कार्यालयको आन्तरिक व्यवस्थापनको काममा व्यस्त हुन परेपछि एक महिना नाघिसक्दा पनि कार्यालयको सेवा सुरु हुन नसकेको हो ।
गोरखाको मनास्लु हिमाल आरोहणका लागि चुमनुब्री गाउँपालिका – ४ नामरुङ पुगेका पोल्याण्डका नागरिकको हाई अल्च्यिुडका कारण बिरामी भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ ।