प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।
पश्चिम बागलुङको बडिगाड गाउँपालिका ७ भिमगिठे र वडा नं. ९ दर्लिङको मालारानी जोड्ने गरी बडिगाड खोलाको कालिरहमा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गरिएको छ । पाँच वर्षमा निर्माण गरिएको पुल गत चैत्रदेखि सञ्चालनमा आए पनि गण्डकी प्रदेशका सांसद दोर्ण कुँवरले शनिबार पुलको उद्घाटन गर्नुभएको हो ।
गुल्मीको धुर्कोट गाउँपालिकाद्वारा आयोजित पाँचौा अध्यक्ष कप भलिबलको उपाधि धुर्कोट गाउँपालिका–३, हाडहाडेले जितेको छ । पाँचौँ अध्यक्ष कपको अवसरअन्तर्गत वडास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा हाडहाडे प्रथम भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको अवरोध हटाउनका लागि समसामयिक प्रस्ताव सदनमा लैजाने दलहरुबिच सहमति भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार बोलाउनु भएको सर्वदलीय बैठकमा सदन सुचारुका लागि समसामयिक प्रस्ताव सदनमा लैजाने सहमति भएको हो ।
यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दिगो एवम् स्पष्ट सोचसहित समन्वय र सहकार्यको अभाव रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार हार्वर्डमा विदेशी विद्यार्थीहरूलाई रोक्ने आफ्नो प्रशासनको कदमको रक्षा गर्नुभएको छ ।
नेकपा (एमाले) अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले ठुलो परिणाममा पहेँलो र सेतो धातुसँगै २८ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ।
नियमित भुक्तानी पाउन नसक्दा पश्चिम नवलपरासीका दूध उत्पादन गर्ने किसान र दुग्ध सहकारीहरू समस्यामा परेका छन् ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताउनुभएको छ।
तनहुँको व्यास नगरपालिकाले गाउँको विकासको लागि प्राथमिकता दिएको छ ।
जङ्गली च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ । जङ्गली च्याउ पकाएर खाँदा इलामको माङ्सेबुङ – ५ का १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको हो । जङ्गली च्याउ खाँदा सोहि स्थानका धनराज साङबाङ बिरामी पर्नु भएको छ ।
म्यानमारमा भूकम्पपछिको युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठेको भए तापनि मे महिनाको अन्त्यमा समाप्त हुने गरी युद्धविरामको समयावधि थप र विस्तार गर्न मलेसियाले आइतबार आह्वान गरेको छ ।