• २८ असोज २०८२, मङ्गलबार

मनास्लु क्षेत्रबाट पोल्याण्डका नागरिकको उद्धार

blog

गुणबहादुर रोका 
सुलीकोट, असोज २८ गते ।
गोरखाको मनास्लु हिमाल आरोहणका लागि चुमनुब्री गाउँपालिका – ४ नामरुङ पुगेका पोल्याण्डका नागरिकको हाई अल्टिच्युडका कारण बिरामी भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

मनास्लु भ्रमणका क्रममा सोमबार बिहान चुमनुब्रीको नामरुङ पुगेका पोल्याण्डका नागरिकको राहदानी नम्बर एफई ०४६८९१९ भएका ३६ वर्षीय एडम बर्टोस्ज प्यासीअरबेकलाई बेलुका ५ बजे हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

बिरामी पोल्याण्ड नागरिकलाई जिल्ला प्रशासन कार्यालय गोरखको सहकार्यमा हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रशासकीय अधिकृत चूडानिधि तिवारीले जानकारी दिनुभयो ।