• २८ असोज २०८२, मङ्गलबार

नख्खु कारागारबाट भागेका धुर्कोटका कैदी पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

गुल्मी, असोज २८ गते । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भागेका गुल्मी धुर्कोट गाउँपालिका–७ थेप्चेका ३६ वर्षीय भरत भन्ने साजन अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।  

उनी बलात्कार मुद्दामा कारागार कार्यालय नख्खु  ललितपुर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो। 

कारागारबाट फरार भएर घरमा बस्दै आएको गोप्य सूचनाको आधारमा प्रहरी चौकी मर्भुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक दीपक शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले अर्याललाई नियन्त्रणमा लिएको सारुले बताउनुभयो । उनलाई आवश्यक कारबाहीको लागि कारागार कार्यालय तम्घास गुल्मीमा पठाइएको छ।