बेलायत, असोज २८ गते । बेलायतको बेरोजगारी दर चार वर्ष भन्दा बढीको उच्चतम स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ । अगस्टको अन्त्यमा बेरोजगारी दर ४.८ प्रतिशत पुगेको छ ।
जुन सन् २०२१ को पहिलो अर्धवार्षिक पछिको उच्चतम स्तर भएको राष्ट्रिय तथ्याङ्कको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । जुलाईको अन्त्यमा तीन महिनामा बेरोजगारी ४.७ प्रतिशत भएकोे तुलनामा हाल बढेको ओएनएसले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
सरकारले आफ्नो पछिल्लो कर र खर्च योजना तय गर्नुभन्दा लगभग छ हप्ता अघि बेलायतले स्थिर वृद्धि र उच्च मुद्रास्फीति सहिरहेको समयमा यो तथ्याङ्क आएको हो । “पछिल्लो तथ्याङ्कले बेलायतको श्रम बजारमा केही महत्वपूर्ण दरार बनिरहेको देखाउने लगानी प्रबन्धक क्विल्टर चेभियोटका विश्लेषक रिचर्ड कार्टरले उल्लेख गर्नुभयो ।
“बजेट नजिकिँदै जाँदा, बेरोगारी वृद्धिदर जारी रहने सम्भावना रहेको जनाइएको छ । उच्चदरको करले यस वर्ष व्यवसायमा बोझ पारेकाले व्यवसायीरूपले रोजगारी योजना नल्याउने र सहजताको वातावरण सुनिश्चित नभएसम्म बेरोजगारी दर बढ्ने उनीहरुले बताएका छन् । रासस/एएफपी