विश्व बैङ्कको एक अध्ययनले प्रारम्भिक बालविकासमा गरेको लगानीको प्रतिफल १७ गुणासम्म भएको देखाएको छ । बाल्यावस्थामा उचित विकास र सिक्ने अवसर पाउनु उनीहरूको मूल अधिकार हो ।
जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय तनहुँमा एक महिनाभन्दा बढि समयपछि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन सेवा पुनः सुरु गरिएको छ ।
युवा जनशक्ति भविष्यका कर्णधार मात्रै अमूल्य सम्पत्ति पनि हो । देश र समाजले उनीहरूबाट धेरै आशा र अपेक्षा गरेको हुन्छ । युवा राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति पनि हुन् ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन ।
बागलुङ जिल्लामा डेंगु सङ्क्रमणको सङ्ख्या बढेको छ । अघिल्लो साता मात्रै जिल्लाभर ११० जनामा भएको डेंगु सङ्क्रमण बढेर २५७ पुगेको छ । डेंगु बढेपछि बागलुङ बजारमा खोज र नष्ट गर अभियान सोमबारदेखि थालिएको छ ।
जेनजी आन्दोलनका सिलसिलामा खरानी भएको पार्टी कार्यालयको अवलोकनपछि नेकपा (एकीकृत माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले त्यसै ठाउँमा अझै राम्रो कार्यालय बनाउने उद्घोषबारे विविध चर्चा परिचर्चा भएका छन् ।
सप्तरीको राजविराज नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित सिङ्योन घर भएका २१ वर्षीय अजय कुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
अफ्रिकी छनोट समूहबाट घाना सन् २०२६ मा हुने विश्वकपमा चयन भएको छ । घाना आगामी विश्वकपमा खेल्न योग्य हुने अफ्रिकाको पाँचौँ राष्ट्र हो । यसअघि अल्जेरिया, इजिप्ट, मोरोक्को र ट्युनिसियाले पनि अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा स्थान बनाइसकेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलबार मधेश प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ ।
पर्वत जिल्लाका अधिकांश स्थानीय पालिकाहरुले वार्षिक योजना किताब तोकिएको समय भित्र सार्वजनिक गर्न नसक्दा भौतिक विकास निर्माणका काम ठप्प बराबर छन् ।
मनोवैज्ञानिक विरोधाभासभित्र बाँचेका मानिसका आत्मानुभूतिलाई क्यानभासमा उतार्ने क्रममा उद्धवराज रिमालले शीर्षक जुराउनुभएके छ, ‘इकोज अफ दी सौल’ अर्थात् आत्माका प्रतिध्वनिहरू ।
चलचित्र ‘मुग्लान’ को निर्माण पक्षले सोमबार चलचित्रको ‘फर्स्ट लुक्स’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्र आगामी पुस १० गते देशभरका हलमा प्रदर्शन हुने छ ।
नेपालको पुँजी बजार नियमन गर्ने दुई प्रमुख निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारी सेवा सुविधा कटौतीको विरोधमा निरन्तर आन्दोलनमा उत्रिएपछि दुवै संस्थाको कार्यसम्पादन ठप्प भएको छ ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गर्नुभएको छ ।
जुम्लाबाट यस वर्ष करिब ३३ करोड सात लाख ५० हजार रुपियाँ बराबरको स्याउ बाहिरी जिल्लामा बिक्री भएको छ । जिल्लाका किसानले गाला, किङरेड, फुजीलगायत जातका स्याउ उत्पादन गरेका छन् ।