सप्तरीमा ट्याक्टरकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
गायिका लक्ष्मी आचार्यको नयाँ गीत ‘नौली हदेली’ सार्वजनिक भएको छ। गीतमा उहाँलाई गायक प्रदाप दासले साथ दिनुभएको छ।
दक्षिण कोरियाको मुमीमा मे २७ देखि ३१ तारिखसम्म हुने २६औँ एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेभएका छन् ।
ताप्लेजुङमा करिब एक सातादेखि बन्द रहेको इँवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सुरु भएको छ।गत जेठ १ गते बिहीबार रातिदेखि बन्द रहेको आयोजनाको विद्युत उत्पादन पुन सुरु भएको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको आह्वानमा आज सर्वदलीय बैठक बसेर आगामी बजेटबारे छलफल गरिएको छ ।
बाजुराका अधिकाशं स्थानीय तह पछिल्लो समय धमाधम शीत भण्डार निर्माण गर्न थालेका छन्। पालिकामा उत्पादन हुने गरेका फलफूल तथा तरकारी बस्तुलाई स्टोर गर्न सहज हुने गरी पछिल्लो समय यहाँका स्थानीय तह धमाधम शित भण्डार निर्माण गर्न थालेका हुन्।
माटाका छानो भएका मनाङका घरहरू हराउँदै गएका छन् । रैथाने सीप, ज्ञान र प्रविधिमा घरको छतमै माटो जमाएर बनाइएका घरहरू जलवायु परिवर्तनको चेपुवामा पर्न थालेका छन् ।
खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिका जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले पद छोडेर छानबिनमा सहयोग गर्नु राम्रो हुने बताउनुभएको छ।
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
ताल किनारको बैदामे गाउँ अचेल लेकसाइड बनेको छ। पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा रहेको तालले छेउको बस्तीको नाम र स्वरूपमात्र फेरेको छैन, आफ्नै नामसमेत बद्लेर फेवातालबाट चर्चित छ।
सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–१० भेरी नदीमा बेपत्ता प्रेमबहादुर रानाको शव भेटिएको छ ।बिहीबार भेरी नदीमा बेपत्ता हुनुभएको ४४ वर्षीय रानाको शव शनिबार दिउँसो घटनास्थल नजिक फेला परेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
प्युठानको मल्लरानी गाउँपालिका-४ स्थित सदरमुकाम खलङ्गा र आसपासको दृश्य । प्युठानमा दुई वटा नगरपालिका भए पनि सदरमुकाम गाउँ पालिकामा पर्दछ।
नेपालले मे ३० र जुन २ तारिखमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
मोरङ जिल्लामा पछिल्लो समय अवैध लागु औषध ओसारपसार, कारोबार र प्रयोग नियन्त्रणका लागि प्रहरीले व्यापक अभियान सञ्चालन गरेको छ । सिमानाबाट हुने लागु औषधको अवैध ओसारपसार, कारोबार तथा दुर्व्यसन नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै प्रहरीले सशक्त कदम चालेको हो ।