अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिने सम्भावना रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने बताउनुभएको छ ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बुर्तिबाङमा आयोजित प्रथम ढोरपाटन लायन्स ब्याडमिन्टन कप–२०८२ सम्पन्न भएको छ ।
नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का असन्तुष्ट पदाधिकारीले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा माग गरेका छन् ।
कारागार कार्यालय पश्चिम नवलपरासीबाट जेन–जी आन्दोलनका क्रममा भागेका दुई सय बढी कैदीबन्दी अझै पक्राउ परेका छैनन् ।
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज कतारसँग भिड्दैछ ।
नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालन भएको सैन्य आधार तालिम सोमबार औपचारिक रूपमा समापन भएको छ।
बर्दीबास ३ स्थित गौरीडाँडामा खुला भलिबल प्रतियोगिताको प्रथम संस्करण यही असोज २९ गते देखि हुने भएको छ ।
मनाङको नासोँ गाउँपालिका ६ र ७ वडा जोड्ने दुधखोलामा ९ वर्षपछि मोटरेबल पुल निर्माण भई सञ्चालनमा आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो।
गाजापट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ ।
“परदेशमा वर्षौं पसिना बगाएँ, तर अब गाउँमै पसिना बगाउँछु र दोब्बर आम्दानी गर्छु” व्यास नगरपालिका –१३ बेलबासका देवीप्रसाद बगालेको यो भनाइ आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ ।
ऊर्जा सुविधा केन्द्रित पछिल्लो रूसी हवाई आक्रमणपछि युक्रेनले सोमबार कम्तीमा सात क्षेत्रमा ऊर्जा खपतमा प्रतिबन्ध लगाएको बताएको छ ।
कञ्चनपुरमा रहेको विपिन जोशीका आफन्तले हमास समूहले आधिकारिक पुष्टि नगरेसम्म विपिन फर्कनेमा आफूहरु आशावादी रहेको बताएका छन् ।