• २७ असोज २०८२, सोमबार

टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग भिड्दै

blog

नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, असोज २७ गते । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज  कतारसँग भिड्दैछ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८:४५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यस खेल जिते नेपालको विश्वकप यात्रा सहज बन्नेछ ।

समूह चरणदेखि अपराजित नेपालले सुपर सिक्सको पहिलो खलमा आइतबार युएईमाथि एक रनको रोमाञ्चक जित हात पारेको थियो ।

यस्तै सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली ओमानसँग ३४ रनले पराजित भएको कतार पनि नेपालविरुद्ध जित निकाल्दै विश्वकमा छनोट हुने सम्भावना जीवित राख्ने लक्ष्यमा छ ।