• २८ असोज २०८२, मङ्गलबार

सल्यानमा अटो दुर्घटना : तीनजना घाइते

blog

दुर्घटना भएको अटो । तस्बिर : शंकर केसी

शंकर केसी
सल्यान, असोज २८ गते ।
सल्यानमा सोमबार राति अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । कुमाख गाउँपालिका, ६ भुतखोली स्थित मौलाहाल्नेदेखि रागेचौर तर्फ जाँदै गरेको लु.प्र.०२–००१ह. १३६५ नम्बरको अटो दुर्घटनामा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले घाइते हुनेहरुमा कुमाख, ३ बस्ने २५ वर्षीय अटो चालक जिवन राना, २१ वर्षीय मोहन थापा र १८ वर्षीय महेन्द्र रावत रहेको जानकारी दिनुभयो ।

घाइतेहरुको मिशन अस्पताल चौरजहारी रुकुम पश्चिममा उपचार भरहेको छ । अटो राति बरिक १ अनियन्त्रित भएर दुर्घटना हुँदा सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।