राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुग्नुभएका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित हुनुहुन्छ ।
बैतडीको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
भारतको नयाँ दिल्लीमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा बाँके र बर्दियाका नौ जना साहित्यकार तथा कलाकार सम्मानित हुनुभएको छ ।
तराई–मधेशका जिल्लाहरूमा सूर्य उपासना पर्व छठ नजिकिँदै गर्दा समुदायका नागरिक अहिले बाँसका सामग्री बनाउन काममा व्यस्त देखिएका छन् ।
कलाले सौन्दर्यानुभूतिका साथै चेतना पनि झकझकाउँछ । कुनै कला देखेर यो फलानो कलाकारको कला हो वा यो देशका विषयमा बनाइएको कला हो भनेर चिन्न अलिक जटिल हुन्छ ।
पश्चिम बागलुङको बडीगाड गाउँपालिका–४, जलजलामा एक परिवारको ओत लाग्ने घर नहुँदा ओढारमा बस्न बाध्य भएका छन् । घरधनीले बस्दै आएको घरबाट निस्कन भनेपछि जलजलामा जन्मे पनि सानै उमेरदेखि बडीगाड गाउँपालिका–५, ग्वालीचौरको बजार क्षेत्रमा मजदुरी गरेर परिवार पाल्दै आउनुभएका ४६ वर्षीय आवासविहीन केशव पुनको आठ जनाको परिवारले ओत लाग्न ओढारको सहारा लिएको हो ।
इलामको सूर्योदय नगरपालिकाले १८ गते रातिको बाढीपहिरोपछि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । असोज १९ गते बिहानैदेखि मुख्य
जेनजी समूह, स्थानीय जनप्रतिनिधि, स्थानीय सरोकारवाला निकाय लगायतको प्रयासमा उद्घाटन भएको साँढे चार महिनापछि शनिबार सञ्चालनमा आएको राजविराज बसपार्क आइतबारदेखि पुनः सुनसान बनेको छ ।
यात्रुलाई वर्षा, बाढीपहिरो, दुर्घटना, अवरोध जस्ता घटनाको पूर्वसूचना दिने उद्देश्यले बिपी राजमार्गमा जडान गरिएका आपत्कालीन सूचना प्रणाली बिग्रिएर बर्सौंदेखि प्रयोगमा
ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका संस्थापक देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।
पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पताल आर्थिक अभावमा अलपत्र भएको छ । निसीखोला गाउँपालिका–३ र ४ को सिमानामा अस्पताल भवन निर्माण भइरहेको हो ।
तिहारमा विस्फोटक पदार्थ बिक्री नगर्न उद्योग वाणिज्य सङ्घ धनकुटाले व्यापारीहरुलाई आग्रह गरेको छ ।
मेची राजमार्ग अवरुद्ध भएको साता दिन बित्दा पनि सडक सुचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले त्यसको विकल्पमा सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरेको छ ।
दसैँतिहारको बिदामा उपल्लो मुस्ताङमा घुम्न जाने पर्यटकलाई चिसो र उचाइका कारण लेक लाग्ने समस्या देखिएपछि लोमान्थाङ गाउँपालिकाले पर्यटकलाई सचेतनामुलक अभियानसँगै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा भएको जग्गा विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फतुवा विजयपुर–२ सितलपुर टोल बस्ने ६० वर्षीय शंकर साह बनियाँ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।