अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी नागरिकहरू (विद्यार्थी सङ्ख्याको एक चौथाइभन्दा बढी) भर्ना गर्ने अधिकार रद्द गरेको छ । यसले प्रतिष्ठित विश्वविद्यालयविरुद्ध राष्ट्रपतिको लडाइँलाई अझ तीव्र बनाएको छ ।
रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।
ट्राफिक प्रहरी कार्यालय गौरको भवन नहुँदा कार्यालयको काम–कारबाहीमा समस्या भएको छ । आफ्नो भवन नहुँदा ट्राफिक प्रहरीको बसोबास र कार्यालय सञ्चालनमा समस्या भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यसहित बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को उद्घाटन गर्नुभएको छ ।
कुश्मा नगरपालिकाले गौरवको योजना भन्दै लाखौं रुपियाँ खर्च गरेर ‘टावर’ निर्माण गरेको करिब दुई वर्ष वितिसक्यो । निर्माण सम्पन्न भएको संरचनामा ताला लगाएर राखिएपछि उपयोगितबारे सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर कम गर्ने विषयमा नयाँ वार्ताअघि फोनवार्तामा फेरि दबाब दिएको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेताप्रति बढी घृणा जगाएमा समाज अराजक बन्ने बताउनुभएको छ ।
कपिलवस्तुमा ट्राफिक नियम पालनामा सुधार ल्याउन र बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सुरक्षाकर्मी र सर्वसाधारणबिचको सहकार्यमा नयाँ अभ्यास सुरु गरिएको छ ।
नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिने बताइएको छ ।
गृहमन्त्री रमेश लेखकले देशभर लागु औषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताउनुभएको छ ।जनकपुरमा शुक्रबार मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।
सरकारले रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन तीन वर्षभित्र कार्यान्वयनमा लैजाने गरी ४०८ बुँदे कार्ययोजना बनाएको छ ।
गायिका रेखा पोेखरेल र गायक बिनोद महतराको स्वरमा रहेको थारु नेपाली मिक्स गीत ‘ऐना हेरेर कपाल कोरेर’ सार्वजनिक भएको छ ।
पूर्वी चितवनको चतुर्मुखी सामुदायिक वन क्षेत्रमा वयस्क एक सिङ्गे गैडा मृत अवस्थामा फेला परेको छ । एक आपसमा जुधेर घाइते भएपछि मरेको हुन सक्ने सव डिभिजन वन कार्यालय पदमपुरका प्रमुख बालकृष्ण खनालले जानकारी दिनुभयो ।
निरोगी रहन व्यक्तिहरु योगमा अभ्यस्त हुने गर्छन् । यो राम्रो अभ्यास हो । यसमा ध्यान दिनु पर्ने पक्ष चाहिँ रोग अनुसारका योग आसन र अभ्यास हुन्छन् । सबै खालका रोगलाई सबै खालका योग लाभदायक नहुन सक्छन् ।