जापानिज इन्सेफ्लाइटिस सामान्यतया वैशाखदेखि सुरु भई साउनदेखि कात्तिकसम्म बढी देखिने गर्छ । यसको सङ्क्रमण यस वर्ष देशभर ४२ जिल्ला र ११० पालिकामा फैलिएको छ । १६४ जनामा जापानिज इन्सेफ्लाइटिस सङक्रमण भई ३१ जनाको मृत्यु भयो ।
थारू ‘बर्का नाच’ सङ्कटमा पुगेको छ । पश्चिम नेपालका थारू समुदायको एक मात्र बर्का नाच आर्थिक अभावले अहिले सङ्कटमा पर्दै गएको हो ।
नेपाली कांग्रेस गुल्मी–रुपन्देही सम्पर्क समितिको भेलाले गोपाल प्रसाद ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
रङ्गमञ्चबाट आफ्नो कलाकारिताको यात्रा सुरु गर्नुभएका रङ्गकर्मी प्रदीपकुमार चौधरी (पिके डन) अभिनयसँगै निर्देशन र लेखनमा पनि पोख्त हुनुहुन्छ । उहाँ निर्देशित पहिलो नाटक ‘मसानटार’ हो ।
कोशी लोकमार्ग पर्ने धनकुटाको साँगुरीगढी गाउपालिका–९ स्थित पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
मदन पुरस्कार गुठीले विसं २०८१ का लागि पूर्वघोषित जगदम्बाश्री सम्मान र कृति पुरस्कार एक समारोहबिच आइतबार स्रष्टालाई प्रदान गरेको छ । नेपाली लोकभाकाका सङ्कलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरिएको हो ।
अभिनव साहित्य समाजको २८४ औँ शृङ्खला राजधानीमा सम्पन्न भएको छ । समाजले राजधानीमा एक कार्यक्रम गरी अभिनव कमला सङ्घर्षशील नारी सम्मान–२०८२ पुराण वाचिकाद्वय गार्गी चौलागाईं ‘शाकम्भरी’ र सरस्वती चौलागाईं ‘शाम्भवी’ लाई संयुक्त रूपमा प्रदान गरेको छ ।
जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय तनहुँको सेवा पुनः सुचारु गर्न तनहुँ उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई रु एक लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।
नेपालको पूर्व क्षेत्रमा बसोबास गर्दै आएको लिम्बू समुदायले करिब दुई वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएको छ । आफ्नो संस्कृतिको संरक्षण गर्न र इतिहासलाई जीवित राख्न लिम्बू समुदायले निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएको हो ।
पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ ।
हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार सोमबार सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।
डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित, पारदर्शी, समावेशी र दिगो बनाउन नेपाल राष्ट्र बैङ्कले ‘नेसनल पेमेन्ट स्विच’ र ‘नेसनल पेमेन्ट इकोसिस्टम’ निर्माणको खाका सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६० पैसा र बिक्रीदर १४२ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।