मेची राजमार्ग अवरुद्ध भएको साता दिन बित्दा पनि सडक सुचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले त्यसको विकल्पमा सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरेको छ ।
दसैँतिहारको बिदामा उपल्लो मुस्ताङमा घुम्न जाने पर्यटकलाई चिसो र उचाइका कारण लेक लाग्ने समस्या देखिएपछि लोमान्थाङ गाउँपालिकाले पर्यटकलाई सचेतनामुलक अभियानसँगै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा भएको जग्गा विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फतुवा विजयपुर–२ सितलपुर टोल बस्ने ६० वर्षीय शंकर साह बनियाँ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गत साता भीषण वर्षा हुँदा पनि कुलेखानीको जलाशय भरिएको छैन । बर्खाको समयमा पर्याप्त पानी नपर्दा अन्तिम विन्दुमा पुगेको कुलेखानी जलाशय अझै १८ मिटर पानीको सतह भरिन बाँकी रहेको हो ।
अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाका शिक्षक तथा स्वास्थ्यकर्मीहरू तलब भत्ताको माँग गर्दै आइतबारदेखि आन्दोलित भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी समूहको आन्दोलनका कारण प्रभावित प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालयको सेवा पूर्ववत् अवस्थामा फर्काउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
पाल्पाका विभिन्न अस्पतालमा ‘स्क्रब टाइफस’ का बिरामी निरन्तर बढेका छन् । जिल्ला सरकारी अस्पताल पाल्पा, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास र रामपुर अस्पताल पाल्पामा ‘स्क्रब टाइफस’ का बिरामी बढेको अस्पतालले जनाएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
दक्षिण बागलुङको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् ।
शनिबार साँझ यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरिएको छ । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले शनिवार महाकवि देवकोटा जयन्तीको अवसर पारेर आयोजना गरेको लक्ष्मीजयन्ती तथा अभिनन्दन समारोहमा नेपाली साहित्यका नक्षत्र देवकोटाको योगदानको चर्चा गरिएको थियो ।
अरिङ्गालले चिल्दा लमजुङमा एक जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नम्बर ११ तिवारी डाँडा निवासी ८२ वर्षीय यज्ञनिधि तिवारीको अरिङ्गालले चिल्दा मृत्यु भएको हो ।
तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरुमा उत्साहा थपिँदै गएको छ । गोरखाबाट चितवन आएर बिगत पाँच वर्षदेखि व्क सयपत्री फूलखेती गर्दै आउनुभएका बुधबहादुर गुरुङ अहिले यो पेसाबाट सन्तुष्ट हुनुहुन्छ ।
यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् ।
उखु किसानहरूको लामो समयदेखिको माग सम्बोधनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छलफल भएको छ । उखु उत्पादक महासंघका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवका अनुसार, आइतबार कृषि मन्त्री डा. मदन परियार सहभागी छलफलमा मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूसँग महासंघका प्रतिनिधिहरूको भेटवार्ता भएको हो ।