विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज २७ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सर्पको टोकाइबाट एकजना वृद्धको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ मोहनपुर घर भएका ७२ वर्षीय विन्देश्वर यादवको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
आइतबार साँझ आफ्नो गाई गोठमा बसिरहेका बेला सर्पले बायाँ खुट्टामा टोकि उहाँ घाइते हुनुभएको थियो ।
घाइते यादवलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो ।
मृतक यादवको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको उहाँले बताउनुभयो ।