गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र नवगठित सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन मिति तोकेको छ । तोकिएको मितिमा आफ्नो जिम्मेवारी पूरा गर्ने निर्वाचन आयोगको दायित्व हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा तीन वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे र ढलान गरी पक्की भएको छ । सदरमुकाम तम्घाससहित आसपासको क्षेत्र समेटिएको नगरपालिकाका १४ वटा वडामा तीन वर्षमा ६५ किलोमिटर सडक पक्की भएको हो ।
मुलुक सङ्घीयतामा गएको आठ वर्ष बितिसक्दा पनि बागमती प्रदेश सरकारले आवश्यकताअनुसारको कानुन निर्माण अझै गर्न सकेको छैन ।
ताप्लेजुङमा सापु रोगको सङ्क्रमण बढ्न थालेको छ । जिल्लामा अत्याधिक मात्रामा सेतो पुतली देखिन थालेसँगै सापु रोगको सङ्क्रमण बढ्न थालेको हो ।
सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा सिटी सफारी चालकको हत्या भएको छ । सोही नगरपालिका बस्ने ४५ वर्षीय दिनेश कुमार चौधरीको शनिबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नेपाल हाल बहुआयामिक सङ्कटको सामना गरिरहेको छ । आर्थिक मन्दी, सामाजिक अस्थिरता, प्राकृतिक विपत् र जेनजी आन्दोलनका कारण सरकारी पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।
जेनजी आन्दोलनपछि नेकपा (एमाले) दाङले आइतबार पहिलो पटक दाङको घोराहीमा जागरण सभा गर्दै छ । सभाका लागि जिल्ला प्रशासन कार्यालय दाङले समेत स्वीकृति दिएको छ ।
जुर्गेन हेबरमास फ्य्राङ्फर्ट स्कुलको दोस्रो पुस्ताका विचारकका रूपमा प्रतिष्ठित छन् । उनको विचारमा आजको प्रजातान्त्रिक, कर्मचारीतन्त्र र वैज्ञानिक संस्कृति प्रधान समाजमा स्वतन्त्र संवादले धेरै ठुलो महत्व राख्छ ।
मानिसमा परिवर्तनको हुटहुटी कहिले अन्त्य हुँदैन । यो स्वाभाविक मानवीय गुण पनि हो । हाल भएको जेनजी आन्दोलन वा वामपन्थी भाषाको ‘क्रान्ति’ विश्राममा पुगेको छ । यसले दशकौँ पुरानो प्रश्न उठाएको छ, किन नेपाली समाज जुरमुराएर उठ्यो ?
गुल्मीको टक्सार युनाइटेड वामीटक्सारको आयोजनामा सञ्चालन भएको प्रथम वामी फुटसल प्रतियोगीताको उपाधी बजार व्यवस्थापन समिति काँडेबास बागलुङले जितेको छ ।
गोलीगाँठोको चोटले समस्यामा परेको किलियन एमबापेले गोल गरेपछि विश्वकप छनोटमा फ्रान्सले शुक्रबार राति अजरवैजानलाई ३–० ले हराएको छ । एमबापे सहयोगीको भूमिका निर्वाह गरेर दोस्रो गोलमा पनि संलग्न हुनुभयो । फ्रान्सका लागि अन्य दुई गोल एड्रियन राबियोट र स्थानापन्न खेलाडी फ्लोरिन थाउभिनले गर्नुभयो ।
महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित एक कार्यक्रमबिच हमालसहित उहाँकी पत्नी मधु भट्टराई, उपन्यासकार बुद्धिसागर र लेखक यज्ञशले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।
समालोचक प्राडा वासुदेव त्रिपाठीलाई ‘साहित्य सन्ध्या– गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ । साहित्य सन्ध्याद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले ५० हजार रुपियाँ राशिको सो पुरस्कार प्रदान गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६० पैसा र बिक्रीदर १४२ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।
कवि गोविन्दराज विनोदीको कविता संग्रह ‘मृतिका मोहनी’ लोकार्पण भएको छ । नेपाली लेखक सङ्घ चितवनको आयोजनामा शनिबार आयोजित एक कार्यक्रमबिच सो कृतिको लोकार्पण गरिएको हो ।