नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहिद नेत्रलाल अभागीलाई साक्षी राखेर पार्टीलाई जनजागरण अभियानमा जोड्नुपर्ने बताउनुभएको छ।
एभरेष्ट बैँकले आफ्नो शाखा विस्तार गरेको छ । सोमबार बागमती प्रदेशको सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको हो ।
ताप्लेजुङमा छुट्टाछुट्टै दुई विद्यालयमा अध्ययनरत चार सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ।मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय र फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हो।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले दुई तिहाइको सरकारले क्रान्तिकारी भूमि सुधारको कार्यक्रम ल्याउनसक्ने भए पनि त्यसो हुन नसकेको बताउनुभएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वडा–वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। गाउँपालिकाले राष्ट्रिय परिचयप बनेर आएका लाभग्राहीलाई वडा–वडामा वितरण गरेको हो।
राष्ट्रिय भूकम्प मापद तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसे १ बजेर ५९ मिनेट जाँदा कास्की जिल्लाको सिनुवा आसपास केन्द्र भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
नब्बे सालको भूकम्पमा भत्किएको भक्तपुर नगरपालिका-४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण भएको छ । उक्त मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आज उदघाटन गर्नुभयो ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भइ विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महंगो बन्दै गएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद कुँवरले यस्तो बताउनुभएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा अस्वस्थित पर्यटकीय गाउँ घान्द्रुक र हिमाली दृश्य ।
झापाको मेचीनगरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर-९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा १० लाख ८० हजार बराबरको क्षति भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताउनुभएको छ ।
तनहुँको व्यास नगरपालिका–११ र १२ जोड्ने बुल्दीखोला माथिको निर्माणाधीन डाइभर्सनमा बाढी। ऐतिहासिक क्षेत्र तनहुँसुर जाने सडकअन्तर्गतको काम आज रातभर भएकाले वर्षाका कारण निर्माणमा प्रभावित पारेको छ ।
नेपालमा सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको सुरुवात गरिएको थियो ।
लागु औषध नियन्त्रणमा क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले एक क्विन्टल भन्दा बढी लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।