मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता खारेज गर्ने कुरा सपनामा पनि आउन नसक्ने बताउनु भएको छ ।
तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी र नदीको बगरमा सेताम्य फुलेको कॉस ।
असोज २३ बाट सुरु भएको केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा दुई दिनपछि बैठक सारिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
चार पटक शिलान्यास र निर्माण काम सकिएर उद्घाटन भएको तीन महिनापछि राजविराज बस पार्क शनिबारदेखि सञ्चालनमा आएको छ।
वर्षा सकिएसँगै पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा धुलोले सताउन थालेको छ । हल्का पानी पर्दा पनि हिलाम्बे भएर बाटो नै बन्द हुने यो सडक खण्डमा पानी पर्न रोकिएपछि धुलोले सताउने गरेको चालक तथा यात्रुले गुनासो गरेका छन् ।
नेकपा (एमाले) दाङले जनसंगठन समन्वय संयन्त्रको आह्वानमा असोज २६ गते दाङको घोराहीमा खबरदारी सभा गर्ने भएको छ । एमालेले गर्न लागेको खबरदारी सभाका लागि जिल्ला प्रशासन कार्यालय दाङले अनुमति दिएको छ ।
लिजी–नेचुङ नाका (कोरला) बाट आयात हुने सामानलाई कोरला–जोमसोम–बेनी सडक खण्डमा सहज ढुवानी, पर्यटकलाई सचेतना, अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापनका साथै नाका क्षेत्रमा देखिने अन्य समस्या समाधानसम्मका बिषयमा मुस्ताङ र म्याग्दी जिल्लाले सहकार्य गरिने भएको छ ।
यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा. वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ।
युक्रेनको दक्षिणी ओडेसा क्षेत्रका केही भागमा शनिबार बिहानै भएको रुसी आक्रमणले युक्रेनको ऊर्जा प्रणालीमा व्यापक क्षति भएको अधिकारीले बताएका छन् ।
इन्टरनेट र एआइका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा भेला भएर चार दिनसम्म छलफल गरेका छन्। इन्टरनेटको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित (एपीसिग २०२५) नाम दिएको सम्मेलन असोज २१ देखि २४ गतेसम्म चलेको थियो ।
हालै प्रकाशित एक नयाँ अध्ययनले कोभिड-१९ भाइरसले मुसाको शुक्राणुमा परिवर्तन ल्याउन सक्ने र यसले उनीहरूको सन्तानमा चिन्ताजनक व्यवहार बढाउन सक्ने देखाएको छ ।
जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सञ्जिवनी पोखरेल प्रथम स्थान हासिल गर्नुभएको छ । अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट सहभागी सञ्जिवनी पोखरेलले प्रथम स्थान हासिल गर्नुभएको हो ।
नवलपुरको कावासोती-५ मा रहेको पुष्पाञ्जली टोल विकास संस्थाको आयोजनामा शनिबार रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ ।
पश्चिमी सुडानको घेराबन्दीमा परेको सहर अल-फासेरमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा गरिएको ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय कार्यकर्ता समूहले जनाएको छ ।
केभिआर समिट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बानले उपाधि जित्नुभएको छ ।