मुगुका किसान जौ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई जौ बाली भित्र्याउने चटारो बढेको हो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेपछि रुस र युक्रेनले ‘तत्काल’ शान्ति वार्ता सुरु गर्ने बताउनुभएको छ । यद्यपि पुटिनले ट्रम्पको बिनाशर्त युद्धविरामको आह्वानलाई अस्वीकार गर्नुभएको छ ।
लमजुङको मध्यनेपालमा सम्पन्न १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेहिशीसहर नगरपालाले जितेको छ । १२ स्वर्ण, ९ रजत र ५ काश्य गरी २६ पदकसहित बेँसीसहर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो ।
जुम्लाको तातोपानी गाउँपालिकाले विषादी प्रयोग गर्ने किसानलाई अनुदान रोक्ने भएको छ । धानबालीमा प्रयोग हुने विषादी (व्युटाकुलर) रोकथाम र नियन्त्रण गर्नका लागि कार्यपालिकाबाट निर्णय नै गरेको उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा आफ्ना धारणाहरु राख्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गर्नुभएको छ । भोलिदेखि जापानको टोकियोमा सुरू हुने ज्येष्ठ नागरिकमा देखिने सामाजिक एकान्ततासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
हालै नवनियुक्त नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा(खम्बिर) यतिखेर गृह जिल्ला म्याग्दी आउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताउनुभएको छ ।
चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ ।
गलत उपचारका कारण बिरामीको मृत्यु भएपछि उपभोक्ता संरक्षण ऐनअन्तर्गत चिकित्सकविरुद्ध मोरङमै पहिलो पटक मुद्दा दर्ता भएको पाइएको छ ।
युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका साथै जलवायु परिवर्तनका प्रभाव र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासबारे जानकारी दिने उद्देश्यले यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका २१ राजदूत र प्रतिनिधिलाई यहाँ भेला गराएको छ ।
स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेश गर्नुहुने कार्यसूची रहेको छ ।
कृष्णबहादुर धामीदार्चुला, जेठ ६ गते । दार्चुलामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । सोमबार बेलुकी घरमै चट्याङ लागेर महाकाली नगरपालिका–६ निसिलका अठार वर्षीय जनकसिंह धामी र सोही ठाउँ बस्ने छ वर्षीय दिवान्स धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । निसिलका पदमसिंह धामीको घरको पर्खालमा चट्याङ परेर उनीहरू घाइते भएको प्रहरी चौकी धापका प्रहरी सहायक निरीक्षक दीपेन्द्रसिंह साउँदले जानकारी दिनुभयो । घाइते दुवै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर घरको गोठमा रहेको एक गाई र एक खसीको मृत्यु भएको बताइएको छ । यस्तै हावाहुरीका कारण जिल्ला सदरमुकाम खलङ्गा बङ्गाबगर स्थित लास्कु बस्ने कल्याणसिंह कुँवरको घरमा रुख खस्दा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिका–५ ठुलिसैन स्थित हावाहुरीको कारण बिजुलीको पोल र सल्लाका रुख ढलेका छन् । प्रहरी चौकी रातामाटाका अनुसार लेकम गाउँपालिका–४ खरकडा स्थित गल्ला केदार माध्यमिक विद्यालयका तिन वटा र लेकम गाउँपालिकाका तिन वटा सोलर प्यानल हावाहुरीले उडाएर क्षति गरेको छ । इलाका प्रहरी कार्यालय लालीका अनुसार हावाहुरीले लेकम गाउँपालिका–३ मकन्नाका वासुदेव जोशीको दुई कोठे घरको छाना उडाएको छ । यसैबिच हावाहुरीकै कारण बिजुलीका पोलहरू ढलेपछि जिल्ला सदरमुकाम खलङ्गा लगायतका स्थानहरूमा विद्युत् आपूर्ति बन्द भएको छ । गोकुलेश्वर, ठुलीसैनी, पासादेउ, गोठिउडी, सिलचोकमा दुई पोल तथा तारमा क्षति हुँदा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । लेकम गाउँपालिकाको लाली स्थित खिम्तडमा पाच पोल, रातामाटामा दुई पोल, जौलजिबीको नेपाल टेलिकम र डाडाकोट जाने लाइनमा पाच पोलमा क्षति भएको छ । सोमबार बेलुकी आएको हावाहुरी असिना पानीले विभिन्न स्थानहरूमा रूख ढलेर विद्युत् लाइनमा परी एघार केभि, तेत्तिस केभि र एलटी लाइनको विद्युत् संरचनामा क्षति भएको केन्द्रले जनाएको छ । अवरुद्ध विद्युत् लाईन मर्मत कार्य गरी छिटो विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । दार्चुला वितरण केन्द्रले जनाएको छ ।