• २५ असोज २०८२, शनिबार

जेनजीको दबाबपछि राजविराज बसपार्क सञ्चालन

blog

सञ्चालनमा आएको राजविराज बसपार्क । तस्बिरः विनय कर्ण

विनय कर्ण

सप्तरी, असोज २५ गते। चार पटक शिलान्यास र निर्माण काम सकिएर उद्घाटन भएको तीन महिनापछि राजविराज बस पार्क शनिबारदेखि सञ्चालनमा आएको छ। 

लामो समयको प्रतिक्षापछि राजविराज नगरपालिका वडा नम्बर २ राजदेवीचौक स्थित नवनिर्मित बसपार्क जेनजी युवाको दबाबपछि सञ्चालमा आएको हो।

बसपार्क सञ्चालनमा आएसँगै राजविराज नगरक्षेत्र भित्र जथाभावी सडकमै सार्वजनिक सवारी साधन पार्किङ्ग गर्ने र त्यहींबाट आवत जावत गर्ने समस्याबाट मुक्त भएको हो। 

गत जेठ १५ गते राजविराज नगरपालिकाका कार्यबाहक नगरप्रमुख इसरत परवीनले बस पार्कको उद्घाटन गर्नुभएको थियो। बसपार्क पुग्ने बाटो जीर्ण भएको भन्दै यातायात व्यवसायी त्यहाँबाट सवारी साधान चलाउन मानेका थिएनन्। 

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रहरी उपरिक्षक गौतमकुमार केसी, कार्यवाहक नगर प्रमुख इसरत परविन, यातायात व्यवसायी र जेनजी युवा समूहका प्रतिनिधिहरुको संयुक्त बैठकले सहमति गरेपछि बसपार्कबाट सवारीसाधनहरु चल्न थालेको हो।