• २५ असोज २०८२, शनिबार

डेनियल र एनीलाई केभिआर समिट च्यालेन्ज उपाधि

blog

महिलातर्फ उपाधि विजेता खेलाडी ।

काठमाडौँ, असोज २५ गते । केभिआर समिट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बानले उपाधि जित्नुभएको छ । 

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटर दौड पूरा गर्न डेनियलले दुई घन्टा २१ मिनेट ३२ सकेन्ड समय खर्चिनुभयो । 

नेपालका दीपकमान तामाङ दुई घन्टा ३१ मिनेट २ सकेन्डका साथ दोस्रो र भरत गुरुङ दुई घन्टा ३१ मिनेट तार सकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो । 

यस्तै महिलामा एनीले दुई घन्टा ४५ मिनेटको समयमा दौड सक्नुभयो । अमेरिकाकी सोन्या मार्टिन दुई घन्टा ५८ मिनेट ३० सकेन्डका साथ दोस्रो र आइसल्यान्डकी सोफी स्टाइनकर तीन घन्टा ०९ः१३ सकेन्डका सात तेस्रो हुनुभयो । 

हात्तीवन, चम्पादेवी, भश्मेश्वर, पुरानो दक्षिणकाली हुँदै फर्पिङमै सम्पन्न भएको पहिलो रेसमा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स, डेनमार्क, जापान, भारत, फ्रान्स, स्वीडेन, बेल्जियम, नर्वे र जर्मनीका गरी एक सय खेलाडीको सहभागिता रहेको थियो ।