• २५ असोज २०८२, शनिबार

स्वाभिमानको रक्षा (कविता)

blog

मेरा लालीगुराँस र लालुपाते नफुलेका भए

तिम्रा गाला र ओठमा लाली चड्थ्यो कसरी

मेरा छाँगा र छहरा नसुसाएका भए

तिम्रो सुरिलो स्वरले भाका पाउँथ्यो कसरी ?


मेरो हिमाल अग्लो नभएको भए

तिम्रा शिरमा टोपी सुहाउँथ्यो कसरी

मेरो चन्द्र र सूर्य झन्डा नभएको भए

तिम्रा स्वाभिमानको रक्षा हुन्थ्यो कसरी ?


पर्वत जस्तै छाती मेरो नभएको भए

थकान तिम्रो मेटिन्थ्यो कसरी

धरतीको जस्तो तिम्रो उर्वरता नभएको भए

सृष्टिको कथा दोहोरिन्थ्यो कसरी ?