रामकृष्ण बोहरा
बागलुङ, असोज २५ गते । नेपाल तेक्वान्दो सङ्घ, जिल्ला शाखा बागलुङको आठौं साधारणसभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
निर्विरोध निर्वाचित समितिको उपाध्यक्षमा सुमन बाँस्कोटा, सचिवमा अनिता घिमिरे, सहसचिवमा लालबहादुर बस्याल, कोषाध्यमा कृष्ण केसी, सदस्यहरूमा लोकेन्द्र थापा, सुवास श्रेष्ठ, लालबहादुर मोक्तान, गणेशबहादुर क्षेत्री र दिपशिखा घर्तीमगर रहनुभएको छ ।
बाँकी सदस्य पछि मनोनयन गर्नेगरी अधिवेशन सम्पन्न भएको निर्वाचन समितिका सदस्य सञ्जिव श्रेष्ठले जानकारी दिनुभयो । सङ्घले अधिवक्ता प्रकाश बराल र सञ्जिव श्रेष्ठ रहेको निर्वाचन समिति बनाएको थियो ।
सो अवसरमा बोल्दै तेक्वान्दो सङ्घका सल्लाहकार तथा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले खेल क्षेत्रको विकासमा खेलाडी र आम नागरिकको चासो बढाउन राज्य र सरकारले खेल क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताउनुभयो ।
उहाँले खेलाडी आकर्षित गर्न प्रशिक्षकहरू पनि बढाउनु पर्ने धारणा राख्नुभयो । खेलले युवाहरूमा अनुशासन बढाउने उहाँको भनाइ छ । सङ्घका उपाध्यक्ष बालकृष्ण शर्माको अध्यक्षता, सचिव कल्पना श्रेष्ठको सञ्चालन र सदस्य अनिता घिमिरेको स्वागतमा सम्पन्न उद्घाटन सत्रमा सङ्घका गण्डकी प्रदेश सचिव गङ्गा गुरुङ, प्रशिक्षक पर्शुनारायण बोहोरा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।