• २५ असोज २०८२, शनिबार

तीन वर्षमा पन्ध्र हजारभन्दा बढीको आँखा उपचार

blog

मोतियाबिन्दुको आँखाको शल्यक्रिया गराएका विरामीहरुलाई फलफूल वितरण गर्दै लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, असोज २५ गते । सगरमाथा चौधरी आँखा अस्पताल लहानले तीन वर्षमा लहान नगरपालिकाको पन्ध्र हजार विरामीको उपचार गरेको जनाएको छ । ‘‘दियोमुनि अँन्ध्यारो रहनु हुँदैन’’ नारासाथ लहानमा यो अभियान चलाइएको छ । 

लहान नगरपालिकाको आर्थिक सहयोगमा अन्धोपन निवारण कार्यक्रम अन्तर्गत पन्ध्र हजारभन्दा बढीको आँखा उपचार र दुई हजारभन्दा बढीको मोतियाबन्दुको शल्यक्रिया गरिएको अस्पतालको प्रमुख प्रशासक अभिषेक रोशनले जानकारी दिनुभयो ।  

यस वर्षको लहान नगरपालिकामा आँखा शिविर धार्मिक पर्यटकीयस्थल लहान –१५ बाट तीन दिनअघि सुरु गरिएको थियो । शिविरमा ३०१ जनाको आँखा जाँचगर्दा ९६ जनामा मोतियाबिन्दुको विरामी फेला परेको शिविरका टोली प्रमुख राजकुमार यादवले बताउनुभयो । उहाँको अनुसार ५० जनाको शल्यक्रिया सम्पन्न भएको र ४६ जनाको शल्ल्यक्रिया आज गरिदै छ । 

लहान नगरपालिकाको २४ वटै वडाहरुमा सञ्चालन गरिने शिविरबाट मोतियाबिन्दुको शल्यक्रिया गराउनु पर्ने विरामीहरुको शल्यक्रिया गराएर आर्थिक अवस्था कमजोर भएका सबै उमेर समूहका नगरवासीहरुलाई आँखासम्बन्धी निःशुल्क उपचारका लागि लहान नगरपालिकाले बजेट विनियोजन गरेर तीन वर्षदेखि शिविर चलाउँदैआएको छ ।  

लहान नगरपालिका अभिभावकत्वको भूमिका खेलेकोमा आँखाको शल्यक्रिया गराएर संसार हेर्ने दृष्टि दिएको ६५ वर्षिय निरसी पासवानले खुसी साट्नुभयो । उहाँले भन्नुभयो, ‘‘गरीव दलितमा मानवीय सङकट आउँदा राहत लिएर आइपुग्ने लहान नगरप्रमुख महेशप्रसाद चौधरी आँखाको उपचार गराएर नयाँ जीवन दिएकोमा शुभआशीर्वाद दिन चाहन्छु ।’’

नेपालमा ७० लाख आँखाको विरामीहरु मध्ये एकलाखको शल्यक्रिया गर्नुपर्ने आवश्यक देखिएको अवस्थामा सगरमाथा चौधरी आँखा अस्पताल लहानले केही वर्षमा नै नेपाल र भारतका गरी दुई करोडको उपचार र २५ लाखको शल्यक्रिया गरेर नयाँ रेकर्ड कायम गर्न लागेको अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले जानकारी दिनुभयो ।