आदिकविको जन्मथलोमा एक अर्बको ‘साहित्य उद्यान’ गुरुयोजना स्वीकृत
नेपाली भाषाका शिखर पुरुष तथा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो रम्घालाई विश्वव्यापी साहित्यिक पर्यटकीय गन्तव्य बनाउने अभियानले मूर्त रूप लिन थालेको छ ।
कांग्रेस विशेष महाधिवेशनमा गुल्मीबाट ४८ प्रतिनिधि सहभागी
नेपाली कांग्रेसको बिशेष महाधिवेशनमा गुल्मीबाट ४८ जना प्रतिनिधि सहभागी हुने भएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले आह्वान गरेको विधानअनुसारको विशेष महाधिवेशनमा गुल्मीबाट ४८ जना प्रतिनिधि सहभागी हुन काठमाडौँ पुग्नुभएको कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
दिव्योपदेशको आलोकबाट
गोरखा राज्यको उत्तराधिकारीका रूपमा विसं १७९९ पुस २७ जन्मिएका पृथ्वीनारायण शाह आधुनिक कालखण्डमा नेपाल एकीकरणका प्रणेता हुन् । राष्ट्रिय एकता दिवस राष्ट्रनिर्माताको जन्म दिवस पारी मनाउँदै आएकोमा गणतन्त्रलगत्तै राष्ट्रियस्तरमा पृथ्वी जयन्ती नमनाउने घोषणा गरिएको थियो । पछिल्ला दिनमा पुनः नेपालका सर्जकलाई स्मरण गर्न थालिएको छ । यथार्थमा
थारू संस्कारअनुसार विवाह गर्ने जोडीलाई दुई लाख
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारू समुदायमा परम्परागत संस्कार र रीतिरिवाजअनुसार गरिने विवाह (बर्का भ्वाज) गर्ने जोडीलाई दुई लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
सङ्घर्षबिनाको सफलता
प्रविधिको तीव्र विकाससँगै कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) ले मानव जीवनका हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको छ । विशेष गरी कला र सङ्गीतको क्षेत्रमा एआईको प्रवेशले एउटा नयाँ बहस छेडिदिएको छ । हिजोआज सामाजिक सञ्जाल र युट्युबमा यस्ता गीतहरू छ्यापछ्याप्ती सुनिन्छन्, जसलाई सुनेर यो मानवले गाएका हुन् कि मेसिनले भनेर छुट्याउनै कठिन भइसकेको छ ।
बागलुङ नगरपालिकाको वित्तिय प्रगति २२.४५ प्रतिशत
बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति गरेको छ ।
प्रतिष्ठानको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा
सप्तरीको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ ।
चीनको विकासमा ग्रामीण उद्योग
सन् १९७८ पछि चीनमा भएको आर्थिक रूपान्तरण आधुनिक विश्व विकास इतिहासका सबैभन्दा उल्लेखनीय घटनामध्ये एक हो । सन् १९७८ डिसेम्बरमा देङ स्याओपिङको नेतृत्वमा सुरु भएको सुधार र खुलापन नीतिले चीनलाई केन्द्रीकृत योजना प्रणाली र बन्द अर्थतन्त्रबाट क्रमशः बजार–उन्मुख अर्थतन्त्रतर्फ मोड्न सफल भयो । त्यसबेला चीन मुख्यतः कृषिमा आधारित अर्थतन्त्र थियो, जसको अन्तर्राष्ट्रिय व्यापारमा सं
कालिका नगरपालिकाद्वारा पुनर्निर्माणका लागि बजेट विनियोजन
जेनजी आन्दोलनबाट ठुलो क्षति ब्यहोरेपछि कालिका नगरपालिकाको नियमित विकास निर्माणको काम प्रभावित बनेको छ । नगरपालिकाको विकास बजेट आगजनी र तोडफोड भएका भौतिक संरचनामा खर्च गर्न परेपछि शुक्रबार सम्पन्न आठौं नगरपरिषद्ले बजेट परिमार्जन गरेर सो तर्फ लगानी गर्ने निर्णय गरेपछि नियमित योजनाहरुको बजेट प्रभावित बनेको हो ।
ढालिएका शिर उठाउने प्रयत्न
जतिखेर पहिचानसहितको सङ्घीयताको मुद्दाले सडक बलिरहेको थियो । पहिलो संविधान सभा विघटन उन्मुख थियो । सदियौँदेखि राज्यबाट दमित जनजाति, सीमान्तकृत समुदाय दिउँसो पत्थर र साँझमा राँको लिएर काठमाडौँका सडकमा ओर्लिएका थिए । कोटेश्वरस्थित किरात राई यायोक्खाको हलमा गर्मागर्मी बहस हुन्थ्यो । पहिचानको मुद्दा तत्कालीन नेकपा (माओवादी) ले परालको
हराएको गाउँ (कविता)
जुन दिनदेखि तिम्रो झेली सिंहदरबार समृद्धिको कर्कस सिट्ठी फुक्दै मेरो गाउँ पस्यो, हराउँदै गए
शीतलहरबाट जोगिन न्यानो कपडा वितरण
महोत्तरी जिल्लामा पछिल्लो समय अत्यधिक चिसो र शीतलहर बढ्दै गएपछि त्यसको प्रत्यक्ष मारमा परेका विपन्न, असहाय तथा जोखिममा रहेका परिवारलाई लक्षित गर्दै लायन्स क्लब अफ बर्दिवास समाजले न्यानो फाइबर सिरक र म्याट वितरण गरेको छ ।
अब म सक्दिनँ (कविता)
हरेक आँखाका आँगनमा सपनाको बिस्कुन सुकाउन आफैँले आफूलाई ताल्चा लगाएर म बस्न सक्दिनँ ।
समय (कविता)
नदी जस्तै घडीको टिक टिक जस्तै कहिले छालमा उफ्रिन्छ कहिले शान्त पोखरीमा थामिन्छ ।
आँधीखोला उर्लेर आयो
स्कुले जीवनको उत्सुकतामा आँधीखोलाको मुहान कहाँ होला भन्ने भइरहन्थ्यो । पर्वत र स्याङ्जाको सिमाना कार्कीनेटाको पूर्वतिरको पानीढलोबाट बग्ने आँधीखोला मूलतः स्याङ्जा जिल्लालाई बिचमा विभाजन गर्दै अन्य खोलासँग मिसिएर तल तल बग्दै कालीगण्डकीमा गएर मिल्छ । रङ्गेठाँटीको स्कुल त्यसताकाको त्यो क्षेत्रको एक मात्र हाइस्कुल प्रद्युम्न पनेरू माध्यमिक विद्यालय थियो । अहिले यो स्याङ्जाको आँधीखोला गाउँपालिका–५ मा पर्छ । यो विद्यालय स्याङ्जा जिल्लाकै पुरानो विद्यालयमध्ये
दीक्षान्तको खुसी पोखिँदा
बढ्दै गएको चिसो मौसम । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै घामका पाइला ओर्लिएका थिए । भरिभराउ थिए, विद्यार्थी तथा अभिभावक । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहमा पुस १० गते सहभागी बन्ने अवसर मिल्यो । बाबाआमाको साथमा म र बहिनी अर्पणा उपस्थित थियौँ । बहिनी पनि व्यवस्थापन विषयमा स्नातक तहको प्रमाणपत्र लिँदै थिइन् । हामी दिदीबहिनीका ला
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
साप्लालुङ पुगेर हाक्पारेमा हराउँदा
कात्तिक महिनाको २ गते भर्खरै दसैँ सकिएर तिहार लाग्ने सुरसार हुँदै थियो । गाउँघरका आँगनका डिलमा सयपत्री, मखमली, घडीफूलसँगै रातमा पारिजात फूल मगमग बास्ना छर्दै फुल्न थालेको थियो । कात्तिक महिना बिहानबेलुका हलुका चिसो बडेसँगै जोगी रातमा भूतप्रेत देसान मसान छेक्न फेरी हाल्दै गाउँघर घुम्न थालिसकेका थिए । तेह्रथुम जिल्ला लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुन
खोज्नै बाँकी नालापानी युद्ध
अङ्ग्रेजसँग भएका विभिन्न लडाइँमध्ये नालापानीको युद्ध नेपाली इतिहासमा निकै महìवपूर्ण र साहसिक मानिन्छ । देहरादुनदेखि दुई कोस (चार माइल) उत्तरपूर्वमा नालापानीको किल्ला रहेको छ । यो किल्ला बनाउन मद्दत गर्नका लागि राजा गीर्वाणयुद्धविक्रम शाहले नहानमा रहेका बडाकाजी अमरसिंह थापाका छोरा रणवीरसिंह थापालाई पत्र लेखेका थिए । यसबाट नालापानी किल्लाको मह
वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन
वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ ।
विधेयकको काम अन्तिम चरणमा : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्रसम्बन्धी विधेयक पारित भएपछि चलचित्र विकास बोर्ड स्वायत्त हुने बताउनुभएको छ । चलचित्र विकास बोर्डद्वारा शुक्रबार राजधा
भुवन चन्दलाई पतिशोक
रेडियो नेपालका प्रसिद्ध समाचारवाचक माइकल चन्द (हरिश चन्द) को निधन भएको छ । कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले शुक्रबार बिहान चन्दको निधन भएको जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित चन्दको काठमाडौँको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको निरौलाले बताउनुभयो ।
कलामा विदेशी र नेपाली जनजीवन
आयरल्यान्डका स्थानीयको संस्कृति होस् कि नेपाली गुरुङ÷मगर समुदायको घाटु नाच, सारङ्गीको मर्मदेखि रुखका जराबाट आकर्षक मूर्तिकलासम्म पोखरामा एकै ठाउँमा हेर्न पाइन्छ । विदेशी र स्वदेशी जनजीवन, संस्कृति, सुन्दरता र सम्भावनालाई कलामार्फत उजागर गर्ने अवसर सिर्जनशील कलाकार समूह पोखराले मिलाएको हो ।
इस्माको राष्ट्रपति रनिङ्गशिल्ड रामराज्यले जित्यो
गुल्मीको इस्मा गाउँपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड रामराज्य माविले जितेको छ । १४ स्वर्ण, सात रजत र १६ कास्य गरेर ३७ पदक सहित रामराज्य मावि प्रथम बनेको हो ।