प्रदेश सभा सदस्यलाई थप सक्रियता बढाउन मुख्यमन्त्रीको निर्देशन
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा सदस्यहरूलाई बैठकमा सक्रिय सहभागिता जनाउँदै जनजीविकाका सवालहरू प्रभावकारी रूपमा उठाउन निर्देशन दिनुभएको छ ।
स्थानीय तहबाटै राहत उपलब्ध होस्
मानव–वन्यजन्तु द्वन्द्वका कारण पीडित किसान एवं अन्य सर्वसाधारणलाई स्थानीय तहबाटै राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । ३१ औँ वन्यजन्तु सप्ताहका अवसरमा डिभिजन वन कार्यालय सल्यानको आयोजनामा हालै कपुरकोटमा आयोजित कार्यक्रममा सहभागीले वन्यजन्तुबाट हुने क्षतिमा तत्काल स्थानीय तहबाटै राहत उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।
स्याङ्जामा धमाधम पठनपाठन सुरु
संघीय सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिए पनि स्याङ्जामा धमाधम पठनपाठन सुरु गरिएको छ। पालिकाहरूले विद्यालय खोल्न निर्देशन दिएसँगै यहाँका विद्यालय सञ्चालनमा आएका हुन्।
पूर्वको पसिना पश्चिमको विकास
कोशी प्रदेशको पूर्वी धरानबाट सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुला पुगेर श्रममार्फत झोलुङ्गे पुल निर्माण भइरहेको छ । यहाँको व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा पूर्वका श्रमदाताको पसिनामार्फत पुल निर्माणसँगै पश्चिमको विकासमा समेत टेवा पुगेको छ ।
कर नीति सच्याउन माग
सरकारले भारतबाट एकसय रुपियाँभन्दा बढीको सामान ल्याउनुपर्ने नीतिलाई सच्याउन माग गर्दै सप्तरीको बेल्ही–कुनौली सिमामा एक घण्टा घर्ना दिइएको छ ।
आत्महत्याका घटना बढ्दो
सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना विकराल बन्न थालेका छन् । गत चैतमा मात्रै ५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने उमेर समूहमा जेनजीको सङ्ख्या बढी देखिएको प्रहरीको तथ्याङ्क छ । आत्महत्या गर्ने उमेर समूह अनुसार १० देखि ३० वर्षसम्मका २८ जना रहेका छन् । १४ देखि २८ वर्षभित्रका युवा जेनजीभित्र पर्छन् ।
गोरखापत्रकर्मी लिम्बू पुरस्कृत
गोरखापत्रकर्मी साहारा लङ्वा लिम्बू पुरस्कृत हुनु भएको छ । स्वर्गीय टीकाराम गौतमको १६ औँ स्मृति दिवसको अवसरमा गोरखापत्रकर्मी लिम्बू नगदसहित पुरस्कृत हुनु भएको हो ।
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।
अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा
जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुनुहुन्छ ।
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
पर्यटकलाई आकर्षित गर्न यहाँको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ ।
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ स्थानीय तह घोषणा गरिएको छ ।
एघार देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा
मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक तथा संस्कृतिविद् डा भक्त राईले जानकारी दिनुभयो ।
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
इ–पेन्सनले हटायो काठमाडौँ धाउनुपर्ने बाध्यता
नेपाल सरकारले लागू गरेको ‘इ–पेन्सन’ प्रणालीलाई प्रभावकारी बनाउन तनहुँका सरकारी कार्यालयका प्रमुखहरूले सेवानिवृत्त कर्मचारीहरूको कागजात सिफारिस गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएका छन् ।
प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको प्राविधिक सहयोगमा सञ्चालित प्राथमिक उपचार तालिम प्रभावकारी बनेको छ ।
अलपत्र सडकका काम सक्न ठेकेदारलाई सरकारी ताकेता
जिल्लामा निर्माणाधीन सडक संरचना अलपत्र पर्दा सरकारप्रति जनताको विश्वास कम हुँदै गएको भन्दै यहाँका सरोकारवालाले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरेका छन्।
१६औँ राष्ट्रपति रनिङ शिल्ड पुर्चौडीलाई
बैतडीमा आयोजित १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुर्चौडी नगरपालिकाले जितेको छ। १२ स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २८ पदकसहित पुर्चौडीले पहिलो स्थान हासिल गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
वडा अध्यक्ष बिष्टको मुत्यु
बाजुराको खप्तड छेडेदह गाउँपालका वडा न –६ का वडा अध्यक्ष हर्कबहादुर विष्टको मुत्यु भएको छ । दुइ चार वर्षदेखि ब्रेन क्यान्सरको बिरामले थला परेका विष्टको गत बुधबार राति उहाँको आफ्नै घरमा नाईनामा मृत्यु भएको हो ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
शारदा नगरपालिकामा भर्ना अभियान आजदेखि
सल्यानको शारदा नगरपालिकामा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान बिहीबारदेखि सुरु हुने भएको छ।
रेसुङ्गा नगरले पुटपाथमा सामान राख्नेलाई कडा कारबाही गर्ने
गुल्मीको रेसुङ्गा नगरपालिकाले तम्घास बजारको फुटपाथ व्यावस्थापन गर्न थालेको छ । तम्घास बजार क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूले सडक पेटी (फुटपाथ) मा विभिन्न मालसामान राखी पैदल यात्रीहरुको आवागमनमा अवरोध सिर्जना गरेको जनगुनासो बढेको छ ।
लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १६ औँ बैठक बिहीबार बिहान ११ः३० बजे बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकाल ले दिनुहुने कार्यसूची रहेको छ।
ताप्लेजुङमा साबुन उद्योग सञ्चालनको तयारी
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा साबुन उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । स्थानीयको आयआर्जनको स्रोतका रुपमा स्थापित गर्दै आत्मनिर्भर बन्ने योजनासहित साबुन उद्योग सञ्चालनको तयारी गरिएको हो ।