प्रदेश सरकारले न्यायमुखी काम गरिरहेको छ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी काम गरिरहेको दाबी गर्नुभएको छ ।
बजार नपाउँदा घरमै थन्कियो प्याज
बाजुराको ओलेनावासी लामो समय देखि प्याज खेती गर्दै आएका छन् । उनीहरू कात्तिकदेखि प्याज लगाउने र असारमा निकाल्ने गर्छन् ।
गोलन्जोर आधारभूत अस्पतालमा चौबिसै घण्टा सेवा
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारस्थित ‘गोलन्जोर आधारभूत अस्पताल’ले अब चौबिसै घण्टा सेवा सुरु गरेको छ ।
निर्वाचन नै सरकारको अर्जुनदृष्टि
जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको छ । यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा कार्यान्वयनमा लैजाने ‘म्यान्डेट’ छ ।
सिद्धलेक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड यसै महिना
धादिङको सिद्धलेक गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मङ्सिर २६ देखि २९ गतेसम्म हुने भएको छ ।
एक वर्षदेखि स्वास्थ्यकर्मी विहीन खोटाङ कारागार
खोटाङ कारागार करिब एक वर्षदेखि स्वास्थ्यकर्मी विहीन रहेको पाइएको छ । कारागारमा कार्यरत अहेब गत वर्ष पुसमा काजमा अन्तै गएको र हालसम्म फिर्ता नआएको बताइएको छ ।
कफीको पहिचान जोगाउन गुल्मेलीलाई सकस
कफीको जननी भनेर चिनिने गुल्मीलाई पहिचान जोगाउन सकस देखिएको छ ।
चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली
अहिले चितवनले टस जितेर पहिले बलिङ रोजेको छ । टस हारेको कर्णालीले पहिले ब्याटिङ गर्दै छ ।
क्यान्टिन र छात्रावासको भोजन गृहमा कमजोर खाद्य स्वच्छता
पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिनुभयो ।
सल्यानमा विद्युतीय गाडीको प्रयोग बढ्दाे
यहाँको भौगोलिक अवस्थाले गर्दा सुरुमा सडकको समस्या हुने आँकलन गरिए पनि इभीको प्रयोग सफल देखिएको हो ।
विराटनगरमा कपडा तस्कर घरमा प्रहरीको छापा, लाखौंको अवैध कपडा बरामद
मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न एक व्यापारीको घरमा छापामारेर ठुलो परिमाणमा कपडा बरादम गरेको छ ।
सुतेको अवस्थामा पुरुष मृत फेला
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला परेका छन् ।
धादिङबेँसीको पशुपति मन्दिरमा आज बालाचतुर्दशी मेला
धादिङको नीलकण्ठ नगरपालिका-१२, पशुपति मन्दिर परिसरमा आज बालाचतुर्दशी मेला लाग्दैछ ।
सुनचाँदीको मूल्य घट्यो
स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा ६५ घटेको छ ।
गुर्जाका दुर्गालाई भेडापालनले बनायो आत्मनिर्भर
बिहानीपख घामको किरण गुर्जा गाउँमा परिसकेको थियो । भेडापालक कृषक दुर्गा विश्वकर्मालाई जङ्गलमा भेडा चराउन लैजाने हतारो थियो । चिसो मौसम सुरु भएसँगै भेडाबाख्राहरु यतिखेर हिमालको फेदीबाट गाउँ झरेका छन् ।
जर्मनी र नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट
जर्मनी र नेदरल्यान्ड्स सन् २०२६ को फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत सोमबार राति भएको खेलमा जर्मनीले स्लोभाकियालाई ६–० गोलले हरायो ।
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
टेम्केमैयुङ गाउँपालिका–३, अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो ।
सेवा विस्तार गर्दै बागलुङ नगर अस्पताल
१५ शय्याको बागलुङ नगर अस्पतालले आफ्नो सेवालाई थप विस्तार गरेको छ । स्थापनाको तीन वर्ष पछि दुई मेडिकल अधिकृतसहितबाट थप सेवा प्रदान गर्न थालिएको छ ।
भड्काउ अभिव्यक्ति दिएका प्रसाई पक्राउ
भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ ।
नेपाल आज मलेसियासँग भिड्दै
एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम चरणको छनोटअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
सात अर्ब ३६ करोडको आयात र आठ करोड ३८ लाखको निर्यात
उपल्लो मुस्ताङको कोरला नाकाबाट हुँदै तीन महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडभन्दा बढि मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।
आहा ! फुङ्फुङ्गे झरना
जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो ।
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो ।
गुल्मी प्रशासनमा ८१ हतियार दर्ता
जिल्ला प्रशासन कार्यालय गुल्मीमा हालसम्म ८१ हतियार दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार हालसम्म यस जिल्लामा साना ठुला गरी कुल ८१ हतियार दर्ता भएका हुन् ।