ताप्लेजुङमा साबुन उद्योग सञ्चालनको तयारी
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा साबुन उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । स्थानीयको आयआर्जनको स्रोतका रुपमा स्थापित गर्दै आत्मनिर्भर बन्ने योजनासहित साबुन उद्योग सञ्चालनको तयारी गरिएको हो ।
योजना आयोगको प्रभावकारिता
योजनाबद्ध विकासले कुनै पनि मुलुकको आर्थिक तथा सामाजिक विकासलाई उचाइमा लैजान सक्छ । साधन र स्रोतको प्रभावकारी उपयोगका निम्ति आवश्यक संस्थागत संरचनाले योजनाबद्ध विकासको मार्ग फराकिलो बनाउँछ । नेपालमा योजनाबद्ध विकासको यात्रा झन्डै सात दशक भइसकेको छ तर अझै पनि अति कम विकसित मुलुकबाट माथि उठ्न सकेको छैन । विकासशील मुलुकको श्रेणीमा जाने तरखर गरिरहेको छ । प्रतिव्य
सानो देश, गहकिलो सन्देश
हङ्गेरी युरोप महादेशको सानो देश भनेर चिनिन्छ । हालैका सातामा यसको चर्चा विश्वव्यापी भइरहेको छ । गत वर्ष फागुनमा नेपाल चर्चित भएजस्तै । यता फागुन २१ गतेको चुनावी अभ्यासले ल्याएजस्तै नतिजा उता २९ चैत (१२ अप्रिल) को संसदीय निर्वाचन परिणामले ल्याइदियो । प्रधानमन्त्री ६२ वर्षीय भिक्टर अर्बान नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको जनधारणा मतदानका बखत प्रखर ढङ्गले प्रकट भयो । ८१ लाख मतदातामध्ये ७७ प्रतिशतले आ–आफ्नो मताधिकार प्रयोग गरे । नतिजा आयो– १९९ स्थान भएको एक–सदनात्मक संसद्मा टिस्सा पार्टी १३८ स्थान हासिल गर्न सफल भयो । यो अभूतपू
सुधार खोज्दै भूमि प्रशासन
भूमि कुनै पनि राष्ट्रको आर्थिक, सामाजिक तथा भौतिक विकासको आधारस्तम्भ हो । भूमिमा नागरिकको पहुँच, न्यायोचित वितरण, वैज्ञानिक उपयोग र उच्च उत्पादकत्वले नै समग्र विकासको स्तर निर्धारण गर्छ । नेपाल जस्तो
गुल्मी प्रशासनबाट सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने
जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका एक सूचना जारी गर्नुहुँदै विभिन्न १३ वटा सार्वजनिक बिदामा पनि प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने बताउनुभयो।
एआई युगको शैक्षिक मार्गचित्र
मानव सभ्यताको समग्र विकासक्रमलाई वस्तुगत र सूक्ष्म ढङ्गले नियाल्ने हो भने हरेक युगान्तकारी आविष्कारले मानिसको जीवनशैली, चिन्तन प्रक्रिया र विशेष गरी सिकाइ पद्धतिमा आमूल परिवर्तन ल्याएको पाइन्छ । ढुङ्गेयुगमा आगो र पाङ्ग्राको खोजदेखि मध्ययुगमा जोहानेस गुटेनवर्गको छापाखाना, अनि २० औँ शताब्दीको उत्तरार्धमा भएको इन्टरनेटको विस्तारसम्मका हरेक घटनाले ज्ञानको निर्माण, भण्डारण र वितरणमा क्रान्ति नै ल्याएका थिए । हिजोका दिनमा ज्ञानको एक मात्र आधिकारिक स्रोत कि त गुरुकुलमा गुरुको मुखारविन्द हुन्थ्यो, कि त पुस्तकालयका अँध्यारा दराजमा थन्किएका सीमित पु
सप्तरीमा भ्रष्टाचारविरोधी अभियन्ता जयसवाल पक्राउ
सप्तरीको रुपनी गाउँपालिका–१ का राजु भन्ने किरणकुमार जयसवाललाई भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा चिनिने व्यक्ति पक्राउ पर्नुभएको छ।
परिवर्तनका अवरोधक
समाज कुनै स्थिर र जड संरचना होइन्, यो निरन्तर परिवर्तनशील, गतिशील र बहुआयामिक प्रक्रिया हो । मानव सभ्यताको इतिहासलाई हेर्दा स्पष्ट देखिन्छ कि समय, परिस्थिति, ज्ञान, प्रविधि र चेतनाको विकाससँगै समाज पनि बदलिँदै आएको छ । आदिम युगदेखि आधुनिक सूचना प्रविधिको युगसम्म आइपुग्दा समाजले अनेक चरण पार गरेको छ तर यो परिवर्तन सधैँ सहज र सिधा रेखामा भएको छैन । प्रत्येक चरणमा परिवर्तनका पक्षमा उभिने शक्ति र त्यसलाई अवरुद्ध गर्ने शक्तिबिच निरन्तर सङ्घर्ष चलिरहेको देखिन्छ । यही सङ्घर्षले समाजलाई कहिले अगाडि बढाउँछ भने कहिले पछाडि धकेल्छ ।
वैशाख ११ देखि कोहलपुर मेयरकप ब्याडमिन्टन प्रतियोगिता
बाँकेको कोहलपुरमा प्रथम कोहलपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
अन्नपूर्ण प्रथम हिमालमा हराएका शेर्पाको जीवितै उद्धार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा हराएका गाइडको जीवितै उद्धार गरिएको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
१२० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुर्याइने
नेपालका लागि चीनका नवनियुक्त राजदूत झाङ माओमिङको स्वागतार्थ बुधबार ‘वसन्तको स्वर : गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ७८ पैसा र बिक्रीदर १५० रुपियाँ ३८ पैसा तोकिएको छ ।
छत्रपति शिवाजीको कथा ‘राजा शिवाजी’
भारतीय चलचित्र अभिनेता रितेश देशमुख अभिनीत तथा निर्देशित चलचित्र ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन हुने भएको छ । चलचित्रको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले चलचित्र भारतसँगै नेपालमा पनि प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्र प्रदर्शनकै दिन विशेष प्रदर्शनी हुने छ । भारतीय दूतावासका प्रतिनिधि, नेपाली सञ्चारकर्मी र सेलिब्रेटीको सहभागिता रहने छ ।
आज हिमाली र पहाडी भूभागमा आंशिक बादल
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ ।
‘सारथि’ को शुभमुहूर्त
कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुने चलचित्र ‘सारथि’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायाङ्कनका लागि म्याग्दीको गुर्जाखानी प्रस्थान गरेको हो ।
लेखनाथ–दमौली प्रसारण लाइनको काम तीव्र
नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको काम तीव्र रूपमा अघि बढाएको छ । जर्मनी सरकारको केएफडब्लु विकास बैङ्कमार्फत सहवित्त पोषित यस परियोजना अन्तर्गत ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ‘ग्यास–इन्सुलेटेड सबस्टेसन’ स्थापना गरिने भएको छ ।
नाकाको कडाइले बढ्यो भन्सार सङ्कलन
कञ्चनपुरका सीमानाकामा कडाइ गरिएसँगै भन्सारविन्दुमा हुने राजस्व सङ्कलन बढेको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला आठ दिनमै लक्ष्यको २५ प्रतिशत राजस्व असुली गरिएको हो । विगतमा लक्ष्य नै भेट्टाउन नसकेको भन्सारले राजस्व असुलीमा आएको सुधारपछि यस वर्ष भन्सार सङ्कलन बढ्ने अनुमान गरिएको छ । कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले वैशाख ८ सम्म एक करोड ५२ लाख राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
व्यावसायिक कृषिले गाउँमै रोजगारी
केही वर्षअघिसम्म हिउँद लागेपछि निमुरियाका धेरै जसो घरमा कामको अभाव हुने गरेको थियो । खेतबारीमा काम नहुँदा गाउँका महिला खाली बस्न बाध्य हुन्थे भने युवा रोजगारीको खोजीमा टाढा जानुपर्ने अवस्था थियो ।
स्तरोन्नति हुँदा रोजगारी गुम्ने चिन्ता
नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपालको टेक्स्टायल तथा कपडा उद्योगले ठुलो क्षति बेहोर्नुपर्ने भन्दै उद्यमीले चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सूचीमा नेपाल अति कम विकसितको सूचीमा रहेकाले अमेरिकामा नेपाली टेक्स्टायल तथा कपडा निर्यात गर्दा शून्य भन्सार सुविधा प्राप्त हुँदै आएको छ । नेपाल कम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुँदा यो सुविधा काटिने चिन्ता सम्बन्धित उद्योगीको छ ।
दुधको साढे दुई अर्ब पाउन बाँकी
किसानले दुध बिक्री गरेबापतको साढे दुई अर्ब रुपियाँ पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगको गरी दुई अर्ब ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको हो । किसानले बेचेको तीन महिनाको रकम पाउन नसक्दा उनीहरू प्रत्यक्ष मारमा परेका छन् । दुध बेचेको रकम १५/१५ दिनमा वितरण गर्ने व्यवस्था भए पनि किसानले लामो समयसम्म रकम पाएका छैनन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमर कुँवरले दुधको बेचेको साढे दुई अर्ब रुपियाँभन्दा बढी लिन बाँकी रहेको जानकारी दिनुभयो ।
प्रतिष्ठानमा कार्यान्वयन भएन श्रम कानुन
अधिकांश औद्योगिक प्रतिष्ठानले श्रम कानुन पालना नगरेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले हालै गरेको अनुगमनले त्यस्ता प्रतिष्ठानले न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको, नियमित श्रम अडिट नगरेको र सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएकोलगायतका समस्या भेटिएको जनाएको छ ।
दुई सय प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य
तरकारीको मूल्य अत्यधिक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य पछिल्लो समय दुई सय प्रतिशतसम्म बढेको पाइएको छ । गत वर्ष र यस वर्षको एकै मितिको तरकारीको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशत र अधिकतम २२४ प्रतिशतसम्म बढेको पाइएको हो ।