रमेश विश्वकर्मा
गुल्मी, वैशाख १० गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका एक सूचना जारी गर्नुहुँदै विभिन्न १३ वटा सार्वजनिक बिदामा पनि प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने बताउनुभयो।
नेपाल सरकार, गृह मन्त्रालयबाट २०८२ फागुन १८ मा प्रकाशित खण्ड ७५ संख्या ६७, नेपाल राजपत्र भाग ५ मा उल्लेखित सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था भए बमोजिम विभिन्न १३ सार्वजनिक विदाका दिनमा पनि प्रशासन कार्यालयबाट सेवा प्रवाह गरिने छ। सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी तथा राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह गरिने उहाँले बताउनुभयो।
प्रशासन कार्यालयका अनुसार जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षाबन्धन, भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी, पुस ९ गते धान्य पूर्णिमा– किराँत समुदायको उधौली पर्व योमरी पुन्हि (ज्यापु दिवस), पुस १० गते इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे, पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) का दिन कार्यालयबाट सेवा प्रवाह हुनेछ।
त्यसैगरी माघ १ गते माघी पर्व÷माघी साक्रान्ती, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते ग्याल्पो ल्होसार, इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन र इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) का दिनमा पनि प्रशासन कार्यालयबाट सेवा प्रवाह गरिनेछ भएको छ।