आजको राशिफल
आजको राशिफल
नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुर्याइने
नेपालका लागि चीनका नवनियुक्त राजदूत झाङ माओमिङको स्वागतार्थ बुधबार ‘वसन्तको स्वर : गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ७८ पैसा र बिक्रीदर १५० रुपियाँ ३८ पैसा तोकिएको छ ।
छत्रपति शिवाजीको कथा ‘राजा शिवाजी’
भारतीय चलचित्र अभिनेता रितेश देशमुख अभिनीत तथा निर्देशित चलचित्र ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन हुने भएको छ । चलचित्रको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले चलचित्र भारतसँगै नेपालमा पनि प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्र प्रदर्शनकै दिन विशेष प्रदर्शनी हुने छ । भारतीय दूतावासका प्रतिनिधि, नेपाली सञ्चारकर्मी र सेलिब्रेटीको सहभागिता रहने छ ।
आज हिमाली र पहाडी भूभागमा आंशिक बादल
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ ।
‘सारथि’ को शुभमुहूर्त
कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुने चलचित्र ‘सारथि’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायाङ्कनका लागि म्याग्दीको गुर्जाखानी प्रस्थान गरेको हो ।
लेखनाथ–दमौली प्रसारण लाइनको काम तीव्र
नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको काम तीव्र रूपमा अघि बढाएको छ । जर्मनी सरकारको केएफडब्लु विकास बैङ्कमार्फत सहवित्त पोषित यस परियोजना अन्तर्गत ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ‘ग्यास–इन्सुलेटेड सबस्टेसन’ स्थापना गरिने भएको छ ।
नाकाको कडाइले बढ्यो भन्सार सङ्कलन
कञ्चनपुरका सीमानाकामा कडाइ गरिएसँगै भन्सारविन्दुमा हुने राजस्व सङ्कलन बढेको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला आठ दिनमै लक्ष्यको २५ प्रतिशत राजस्व असुली गरिएको हो । विगतमा लक्ष्य नै भेट्टाउन नसकेको भन्सारले राजस्व असुलीमा आएको सुधारपछि यस वर्ष भन्सार सङ्कलन बढ्ने अनुमान गरिएको छ । कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले वैशाख ८ सम्म एक करोड ५२ लाख राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
व्यावसायिक कृषिले गाउँमै रोजगारी
केही वर्षअघिसम्म हिउँद लागेपछि निमुरियाका धेरै जसो घरमा कामको अभाव हुने गरेको थियो । खेतबारीमा काम नहुँदा गाउँका महिला खाली बस्न बाध्य हुन्थे भने युवा रोजगारीको खोजीमा टाढा जानुपर्ने अवस्था थियो ।
स्तरोन्नति हुँदा रोजगारी गुम्ने चिन्ता
नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपालको टेक्स्टायल तथा कपडा उद्योगले ठुलो क्षति बेहोर्नुपर्ने भन्दै उद्यमीले चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सूचीमा नेपाल अति कम विकसितको सूचीमा रहेकाले अमेरिकामा नेपाली टेक्स्टायल तथा कपडा निर्यात गर्दा शून्य भन्सार सुविधा प्राप्त हुँदै आएको छ । नेपाल कम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुँदा यो सुविधा काटिने चिन्ता सम्बन्धित उद्योगीको छ ।
दुधको साढे दुई अर्ब पाउन बाँकी
किसानले दुध बिक्री गरेबापतको साढे दुई अर्ब रुपियाँ पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगको गरी दुई अर्ब ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको हो । किसानले बेचेको तीन महिनाको रकम पाउन नसक्दा उनीहरू प्रत्यक्ष मारमा परेका छन् । दुध बेचेको रकम १५/१५ दिनमा वितरण गर्ने व्यवस्था भए पनि किसानले लामो समयसम्म रकम पाएका छैनन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमर कुँवरले दुधको बेचेको साढे दुई अर्ब रुपियाँभन्दा बढी लिन बाँकी रहेको जानकारी दिनुभयो ।
प्रतिष्ठानमा कार्यान्वयन भएन श्रम कानुन
अधिकांश औद्योगिक प्रतिष्ठानले श्रम कानुन पालना नगरेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले हालै गरेको अनुगमनले त्यस्ता प्रतिष्ठानले न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको, नियमित श्रम अडिट नगरेको र सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएकोलगायतका समस्या भेटिएको जनाएको छ ।
दुई सय प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य
तरकारीको मूल्य अत्यधिक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य पछिल्लो समय दुई सय प्रतिशतसम्म बढेको पाइएको छ । गत वर्ष र यस वर्षको एकै मितिको तरकारीको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशत र अधिकतम २२४ प्रतिशतसम्म बढेको पाइएको हो ।
कार्यसूची अनुसार काम गर्न निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै कर्मचारीलाई शासकीय सुधारका कार्यसूची अनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन गरेको छ । सरकारले स्वीकृत गरेको शासकीय सुधारको कार्यसूची अनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्न सबै कर्मचारीलाई मन्त्रालयले निर्देशन दिएको हो ।
निजी क्षेत्रलाई पनि भ्रष्टाचारमा कारबाही गर्ने प्रस्ताव
शासन प्रणालीमा देखिएको, संरचनागत, संस्थागत र व्यवहारगत कमजोरीलाई सम्बोधन गर्दै भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्यले सरकारले भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना २०८२/८३ देखि २०८७/८८ तयार पारेको छ ।
साझा प्रयासबाटै पर्यावरण संरक्षण
जैविक विविधताका दृष्टिले नेपाल विश्वमै धनी र विशिष्ट मौलिक पहिचानयुक्त छ । भौगोलिक अवस्थिति, वातावरणीय विविधता, अग्ला हिमालदेखि समथर भूभागसम्म रहेकाले पनि नेपालको अन्तर्राष्ट्रिय पहिचान पृथक् रहेको हो । ‘हाम्रो शक्ति, हाम्रो पृथ्वी’ नारासाथ पृथ्वी दिवस मनाइरहँदा नेपालको जैविक विविधताको पहिचानलाई कायम राख्न वा जोगाउनुपर्ने चुनौती पनि उत्तिकै सघन विमर्शको विषय बनेको छ ।
स्थानीय तह पुनरवलोकन : सङ्ख्या र सीमा हेरफेरको तयारी
सरकारले स्थानीय तह निर्माण भएको एक दशकपछि स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । २०८४ सालमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै सङ्ख्या र सिमाना हेरफेर गर्र्ने गरी सरकारले तयारी गरेको हो । भौगोलिक रूपमा नजोडिनुपर्ने वडा जोडिएका र जोडिनुपर्ने वडा नजोडिएका, अन्तरजिल्ला र अन्तरपालिकाबिच विवाद उत्पन्न भएको, स्थानीय सेवाग्राहीलाई सेवाप्रदायक कार्यालयसम्म पुग्न अपायक परेको, भौगोलिक र जनसाङ्ख्यिक सन्तुलनका आधारमा सिमाना वैज्ञानिक तथा व्यावहारिक नभएको जस्ता समस्याले स्थानीय तहका नागरिकलाई अहिले सेवा केन्द्रसम्म पुग्न चरम समस्या हुँदै आएको छ ।
पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री
अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट
सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै तीन रिट निवेदन दायर गरिएका छन् ।
काठमाडौँ महानगरपालिकाद्वारा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेतालाई नगदसहित सम्मान
काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
गौशाला नगरपालिकाले विद्यालय र स्वास्थ्य संस्थाहरू पूर्ववत साताको ६ दिन नै सञ्चालन गर्ने
महोत्तरी जिल्लाको गौशाला नगरपालिका अन्तर्गतका सबै विद्यालय र स्वास्थ्य संस्थाहरू पूर्ववत साताको ६ दिन नै सञ्चालन गर्ने निर्णय गरेको छ।
दाउराको कुन्यू
सङ्खुवासभाको खादबारी नगरपालिका-४ का स्थानीयले जोहो गरी राखेको दाउराको कुन्यू ।
‘सम्पत्ति छानबिन आयोग’ द्वारा औपचारिक रुपमा काम सुरु
मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।