प्रतिष्ठानमा कार्यान्वयन भएन श्रम कानुन
अधिकांश औद्योगिक प्रतिष्ठानले श्रम कानुन पालना नगरेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले हालै गरेको अनुगमनले त्यस्ता प्रतिष्ठानले न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको, नियमित श्रम अडिट नगरेको र सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएकोलगायतका समस्या भेटिएको जनाएको छ ।
दुई सय प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य
तरकारीको मूल्य अत्यधिक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य पछिल्लो समय दुई सय प्रतिशतसम्म बढेको पाइएको छ । गत वर्ष र यस वर्षको एकै मितिको तरकारीको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशत र अधिकतम २२४ प्रतिशतसम्म बढेको पाइएको हो ।
कार्यसूची अनुसार काम गर्न निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै कर्मचारीलाई शासकीय सुधारका कार्यसूची अनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन गरेको छ । सरकारले स्वीकृत गरेको शासकीय सुधारको कार्यसूची अनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्न सबै कर्मचारीलाई मन्त्रालयले निर्देशन दिएको हो ।
निजी क्षेत्रलाई पनि भ्रष्टाचारमा कारबाही गर्ने प्रस्ताव
शासन प्रणालीमा देखिएको, संरचनागत, संस्थागत र व्यवहारगत कमजोरीलाई सम्बोधन गर्दै भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्यले सरकारले भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना २०८२/८३ देखि २०८७/८८ तयार पारेको छ ।
साझा प्रयासबाटै पर्यावरण संरक्षण
जैविक विविधताका दृष्टिले नेपाल विश्वमै धनी र विशिष्ट मौलिक पहिचानयुक्त छ । भौगोलिक अवस्थिति, वातावरणीय विविधता, अग्ला हिमालदेखि समथर भूभागसम्म रहेकाले पनि नेपालको अन्तर्राष्ट्रिय पहिचान पृथक् रहेको हो । ‘हाम्रो शक्ति, हाम्रो पृथ्वी’ नारासाथ पृथ्वी दिवस मनाइरहँदा नेपालको जैविक विविधताको पहिचानलाई कायम राख्न वा जोगाउनुपर्ने चुनौती पनि उत्तिकै सघन विमर्शको विषय बनेको छ ।
स्थानीय तह पुनरवलोकन : सङ्ख्या र सीमा हेरफेरको तयारी
सरकारले स्थानीय तह निर्माण भएको एक दशकपछि स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । २०८४ सालमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै सङ्ख्या र सिमाना हेरफेर गर्र्ने गरी सरकारले तयारी गरेको हो । भौगोलिक रूपमा नजोडिनुपर्ने वडा जोडिएका र जोडिनुपर्ने वडा नजोडिएका, अन्तरजिल्ला र अन्तरपालिकाबिच विवाद उत्पन्न भएको, स्थानीय सेवाग्राहीलाई सेवाप्रदायक कार्यालयसम्म पुग्न अपायक परेको, भौगोलिक र जनसाङ्ख्यिक सन्तुलनका आधारमा सिमाना वैज्ञानिक तथा व्यावहारिक नभएको जस्ता समस्याले स्थानीय तहका नागरिकलाई अहिले सेवा केन्द्रसम्म पुग्न चरम समस्या हुँदै आएको छ ।
पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री
अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट
सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै तीन रिट निवेदन दायर गरिएका छन् ।
काठमाडौँ महानगरपालिकाद्वारा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेतालाई नगदसहित सम्मान
काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
गौशाला नगरपालिकाले विद्यालय र स्वास्थ्य संस्थाहरू पूर्ववत साताको ६ दिन नै सञ्चालन गर्ने
महोत्तरी जिल्लाको गौशाला नगरपालिका अन्तर्गतका सबै विद्यालय र स्वास्थ्य संस्थाहरू पूर्ववत साताको ६ दिन नै सञ्चालन गर्ने निर्णय गरेको छ।
दाउराको कुन्यू
सङ्खुवासभाको खादबारी नगरपालिका-४ का स्थानीयले जोहो गरी राखेको दाउराको कुन्यू ।
‘सम्पत्ति छानबिन आयोग’ द्वारा औपचारिक रुपमा काम सुरु
मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।
बाँकी फाइलका सम्बन्धमा गुनासो गर्न प्रधानमन्त्री कार्यालयको सार्वजनिक आह्वान
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह’का अवधिमा फर्स्योट हुन नसकेका फाइलका सम्बन्धमा गुनासो गर्न सम्बन्धित सबैसँग आह्वान गरेको छ ।
कम्युनिस्ट दिवस : आत्मसमीक्षा गर्दै रुपान्तरित हुने अवसर
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा (बादल) ले स्थापना दिवस आत्मसमिक्षा गर्दै रुपान्तरित हुने अवसर भएको बताउनुभएको छ । कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले स्थापना दिवसको अवसरमा नेपालको कम्युनिस्टहरुले इतिहासको खास–खास मोडमा महत्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको बताउनुभयो ।
महासंघको संस्थापक माग्दै कालो ब्यानर प्रदर्शन
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र कास्कीले महासंघको कार्यालय अगाडि कालो व्यानर प्रदर्शन गरेको छ।
पासाङ ल्हामुको ३३ औँ स्मृति दिवसमा दौड प्रतियोगिता हुने
प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३३ औँ स्मृति दिवसका अवसरमा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
मोरङमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
मोरङको बुढीगंगा गाउँपालिका –७ सिसवनीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा साइकल यात्री ६९ वर्षीय बलराम विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गण्डकीमा डढेलोका घटना न्यून
फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् ।
कास्की कार्यालयको बैठकबाट ११ बुँदे निर्णय सार्वजनिक
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारका एक सय कार्यसूचीहरुको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा कास्कीमा रहेका प्रमुखहरूको उच्चस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रविधिमैत्रीमा जोड दिँदै ११ बुँदे महत्वपूर्ण निर्णय गरेको छ ।
पार्टीलाई नयाँ जीवन प्रदान गर्न लागौं : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन प्रदान गर्न सत्ताकेन्द्रीत सोच बदल्नुपर्ने धारणा राख्नुभएको छ । कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
बक्सर चन्द्र सम्मानित
काठमाडौँ महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापामगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने
दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटको अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने गर्ने उद्देश्यले पहिलो पटक दाङको लमहीस्थित जैविक विविधता पार्कमा दुई दिने उत्सव हुने भएको हो ।
सेवा प्रवाहलाई गुनासोरहित बनाइने
बागमती प्रदेश सरकारले सेवा प्रवाहलाई गुनासोरहित बनाउने भएको छ ।