• ९ वैशाख २०८३, बुधबार

बक्सर चन्द्र सम्मानित

blog

काठमाडौँ, वैशाख ९ गते । काठमाडौँ महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापामगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

दुबइमा गत नोभेम्बरमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजी तौलसमूह कांस्य जितेका चन्द्रलाई एक लाख रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरियो । सोही अवसरमा प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो ।

उहाँहरुलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, महानगरका प्रवक्त नवीन मानन्धरलगायतले एक कार्यक्रमबिच सम्मान गर्नुभयो ।